0
गोल्डेन न्यूज संवाददाता
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा बाल दुब्र्यवहार र यसको न्युनिकरणमा सरोकारवालाहरुको भूमिका बिषयक जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता पोखरामा सम्पन्न भयो ।  स्थानीय समुदायलाइ सचेत पार्दै जिम्मेवार निकायलाइ जवाफदेही बनाउन (इएलपी) कार्यक्रम  अन्तर्गत इन्सेक इएलपी कार्यक्रम सञ्चालन गरिएका गाबिसहरुका बिद्यालयमा गठन गरिएको बाल क्लबका १७ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धि र नेपालमा बाल अधिकार कानूनले प्रत्याभूत गरेका अधिकारहरुको समूचित प्रयोग गर्न सकेमा बालबालिकाहरुको उच्चतम विकासमा टेवा पुग्ने बताए ।    कार्यक्रममा जिल्ला बाल कल्याण अधिकृत बद्री वाग्ले, सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ, सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले प्रतियोगिताले बालबालिकाहरुको क्षमता विकासमा मद्धत पुग्ने धारणा राखेका थिए । सात विद्यालयका १७ जना बालबालिकाहरु सहभागी रहेको निवन्ध लेखन प्रतियोगीतामा विश्वशान्ति माविका छात्रा अनिशा रेग्मी प्रथम, जनज्योती उच्च माविका छात्रा मञ्जु गुरुङ द्वितीय, विश्वशान्ति माविका छात्र विपुल बसौला, तृतीय र पृथ्वीरुपा माविका छात्रा सीमा थापाले सान्त्वना पुरस्कार पाएका थिए । पुरस्कृत छात्रा–छात्रहरुलाइ सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिब खकुरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सवनव शर्माले गरेकी थिइन ।

















Post a Comment

 
Top