0
गोल्डेन न्यूज संवाददाता
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अव हुने आन्दोलन दवाउन खोजे पुन ः नाकामा गएर बस्ने चेतावनी दिएका छन् । अबको आन्दोलन शान्तिपूर्ण हुने तर सरकारले निषेधित क्षेत्र घोषणा गर्दै दवाउन खोजे नाकामा गएर बस्ने उनले बताए । पोखरामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा यादवले अबको आन्दोलनको स्वरुप शान्तिपूर्ण, अहिंसात्मक हुने भएपनि राज्यले दमन गरे हिंसात्मक हुनसक्ने समेत संकेत गरे । ‘जुन देशको सरकार चलाउने माफियातन्त्रमा विश्वास राख्छ, भ्रष्टाचारी हुन्छ, अनैतिक ढंगले चल्छ त्यो देशका जनताले दुख पाउछन् ।’ उनले भने । आन्दोलनलाई कस्तो बनाउने भन्ने सरकारको हातमा रहेको उनले बताए । ‘राज्यले फेरि दमन गर्ने, हत्या गर्ने, नरसंहार गर्न जाने हो भने त्यसपछि आन्दोलनको स्वरुप हिंसात्मक हुन पनि सक्छ ’ यादवले भने–‘हाम्रो प्रयास शान्तिपूर्ण, अहिंसात्मक जनसंघर्षनै हो ।’
यद्यपि उनले वार्ताबाटै समस्याको समाधान गर्ने पक्षमा रहेको उल्लेख गरे । समस्याको समाधान वार्ताबाट हुने भए प्रथामिकताको साथ अघि बढ्ने र सरकार गम्भीर नभए आन्दोलनमा उत्रने उनले स्पष्ट पारे । सरकारको कार्यशैलीले नेपाल प्रति छिमेकी देशको समेत विश्वास गुमेको उनले बताए । ओली सरकारले ब्ल्याक मेलिङको राजनिति ल्याएको भन्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समेत बिग्रेको र छिमेकीहरु संशंकित भएको आरोप लगाए। अर्को प्रसंगमा उनले नाका सहज भएर प्रशस्त सामान आईरहेपनि वितरण सहज नहुनु सरकारको कमजोरी भएको औल्याए । नाकावाट आएको सामान उपभोक्ताको हातमा नपुगी माफियाको हातमा पुगेको र सरकारले संरक्षण गरेको यादवको आरोप छ । 









Post a Comment

 
Top