0
गोल्डेन न्यूज संवाददाता
रामबजारमा रहेको एसओएस बालग्राम गण्डकीमा रहेका विद्यार्थीले पोशाक पाएका छन्। पोखरा रामबजार घर भइ अमेरिकामा रहेका श्रवण श्रेष्ठको सहयोगमा शनिबार बालग्रामका ४७ जना बालबालिका लाई विद्यालय पोशाक वितरण गरिएको हो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीकृष्ण श्रेष्ठ र श्रवणकी आमा कृष्णकुमारी श्रेष्ठले पोशाक बालबालिकालाई पोशाक प्रदान गरे। पोशाक प्रदान गर्दै मेसु श्रेष्ठले सहयोगदाताहरुको यस्तै सहयोगले कठिन परिस्थितिबाट बालग्रामको आश्रयमा रहेका विद्यार्थीको प्रोत्साहन र शैक्षिक विकासमा टेवा पु¥याउने बताए। कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईँले सहयोगदातालाई धन्यबाद दिँदै एसओएस बालग्रामल कठिन परिस्थितिको बालबालिकालाई अभिभावकत्व प्रदान गरेको बताए।
श्रवणकी आमा श्रेष्ठले छोरा अमेरिकामा रहेर पनि नेपालका विभिन्न ठाउँमा सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताइन्। 
बालग्रामका निर्देशक भगतकुमार श्रेष्ठले कठिन परिस्थितिको सामना गर्दै बालबालिकालाई उचित व्यवस्थापन र शिक्षा दिँदै आएको बताए। विभिन्न ठाउँबाट हुने सहयोगले नै बालग्रामका बालबालिकाको शैक्षिक तथा आवास व्यवस्थापन गर्न सकिएको बताउँदै धन्यबाद थिए।
कार्यक्रमको व्यवस्थापनसमेत गरेको हेल्थ डेपलपमेन्ट एण्ड रिसर्च फाउण्डेसनका अध्यक्ष कमल चपाईँको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब आफ न्युरोड चौतारीका पब्लिक रिलेसन अफिसर नरेन्द्र श्रेष्ठले श्रवणको आर्थिक सहयोगमा विभिन्न ठाउँमा सहयोग गरिएको बताए। कार्यक्रममा श्रवणकी आमा श्रेष्ठलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा एमटिटिएस भियतनामका कन्ट्री डाइरेक्टर कुशल थापा, विद्यालय छनौट गर्न सहयोग गर्ने पूर्णबहादुर थापालगायतले बालेको कार्यक्रममा पत्रकार अमृत सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए। बाबुआमा गुमाएका, बाबुआमाले नहेरेका लगायत कठिन परिस्थितिका एक सय ६९ बालबालिका एसओएस बालग्रामको आश्रयमा छन्।

Post a Comment

 
Top