0
पोखरामा जारी विश्व तेक्वान्दो हानमादाङ्ग प्रतियोगिता २०१६ अन्तर्गत दुई दिनको खेलमा नेपालको वर्चश्व रहेको छ । नेपाललाई ६ वटा स्वर्ण पदक जित्दा मलेसियाले एउटा स्वर्ण पदक जित्न सफल भएको छ । शनिबार र आईतबार भएको केही ईभेण्टको आधारमा नेपालले हालसम्म वर्चश्व कायम गर्न सफल भएको हो । प्रतियोगिता अन्तर्गत हाईजम्प किक जुनियर तेश्रो तर्फको इृभेण्टमा नेपालले स्वर्ण पदक जितेको छ । काठमाडांै रिलायन्स स्कुलका विनोद बस्नेतले उक्त ईभेण्टमा प्रथम हुदै नेपालको लागि स्वर्ण पदक जितेका हुन । त्यसै गरी नेपालको तर्फबाट जेसिज स्कुलका निसान मर्हजनले रजत र फूलवारी व्यारेक पोखराका टप बहादुर थापाले कास्य पदक विजतेका हुन् । पुम्से सिनियर दोश्रो महिला तर्फको ईभेण्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ । उक्त ईभेण्टमा नेपाल पुलिसका राधिका श्रेष्ठले नेपालको लागि स्वर्ण पदक जितेकी हुन । भुटानले रजत र भारतले कास्य पदक हात पार्न सफल भयो । भुटानका छिरिङ वाङ जोले रजत पदक जित्दा भारतका संगिता योगीले कास्य पदक हात पारिन । अल राउण्डर ब्रेकीङमा नेपालले स्वर्ण पदक जितेको छ । नेपालको जितमा एप्पल तेक्वान्दोका नर्वु मुक्तानले स्वर्ण पदक दिलाएका हुन । चितवनका जनदेव पौडेलले रजत र पर्वतका प्रकाश माझी र ललितपुरका विवेक मुक्तानले कास्य पदक जितेका हुन । एरोविक सिनियर तर्फ भने सवै पदक नेपालको पोल्टामा परेको छ । नेपालको प्रतिनिधि गर्दै रुपन्देहिले स्वर्ण, रिलायन्स स्कुल रजत र नेपाल पुलिस तथा वुटवल तेक्वान्दो डोजाङले कास्य पदक जितेका हुन । बे्रकीङ हाईजम्प तर्फ पनि सवै उपाधि नेपालको कब्जामा आएको हो । नेपालको लागि प्रशान्त प्रधान स्वर्ण, वसन्त भण्डारी रजत र अस्मीत लामाले कास्य पदक दिलाएका हुन । हाईजम्प ब्रेकिङ महिलामा मलेसिायाले स्वर्ण पदक जितेको छ । लिङ थियोङसिनले मलेसियाको लागि स्वर्ण दिलाउदा अनिता कुमालले नेपालको लागि रजत पदक दिलाउन सफल भईन । सान गुरुङले कास्य पदक नेपाललाई दिलाईन ।







Post a Comment

 
Top