0
प्रेम र सद्भावको रुपमा मनाइदै आएको प्रणय (प्रेम) दिवस फेब्रुअरी १४ को अवसरमा रेडियो सराङ्गकोटले प्रणय गजल प्रतियोगिता फाल्गुन १ गते शनिवार गर्ने भएको छ । रेडियोले स्थापनादेखि कार्यक्रमलाई निरन्तरता दिंदै आएकोमा ३ वर्षदेखि कञ्चन कम्प्युटरको सहकार्यमा कञ्चन प्रणय गजल प्रतियोगिता गरिँदै आएको रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले बताए । समुदायप्रतिको उत्तरदायित्व बहन गर्दै आएको रेडियोले वर्तमान अवस्थामा दिवस महत्वपूर्ण भएको र भड्किलो रुपमा नलिई सद्भावपूर्ण रुपमा लिँदा सद्भाव बलियो गराउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेतले बताए । विगत वर्षमा क्षेत्रीय स्तरका गजलकारहरुलाई समावेश गरी प्रतियोगिता गरिए पनि यस वर्ष खुल्ला रुपमा प्रतियोगिताको सहभागिता रहने कार्यक्रम संयोजक हेम सुवेदीले बताए । प्रतियोगितामा समावेश हुने गजल शालिन र प्रेमको भाव रहने प्रकारको सहभागी मध्येको गजल निर्णायकबाट छानी उत्कृष्ट २० गजलमध्येबाट अन्तिम प्रतिस्पर्धा गराई विजयी घोषणा गरिने  बताइन्छ ।

Post a Comment

 
Top