0
गोल्डेन न्यूज संवाददाता
पोखरामा शुक्रबारदेखि दोस्रो पेप्सी मःम मेला शुरु भएको छ। आर इभेण्ट ट्रेनर नेपालले फेण्डसिप युथ क्लव र आईएफसी फेसन कलेजको सहकार्यमा मेला आयोजना गरेको हो। पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको मेला आइतबारसम्म चल्ने छ। मेलामा मःम पारखीहरुले २५ प्रकारका मःमको स्वाद चाख्न पाउँने छन्।नेपाली समाजमा प्रमुख खाजाका रुपमा मःम स्थापित भईरहेका बेला मःम मेलालाई दर्शकले निकै रुचाउँने आर इभेण्टका अध्यक्ष एवं कार्यक्रम संयोजक रवीन गुरुङको विश्वास छ। मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट र डिजे सेसन आकर्षणका रुपमा रहने छन्। यसपटक मेलामा फेसन वीक समेत गरिएको छ। मेलामा २० स्टल मःमका मात्र रहेका छन्। मेलामा तिब्बत र दार्जिलिङबाट समेत मःमका स्टल ल्याइएको छ। मःम बाहेक अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायिक प्रायोजनका छन्। शुक्रबार तीन जना सडक बालक राजिन परियार, सुभाष नेपाली र सुभाष बुढाथोकीले मःम खाएर मेलाको उद्घाटन गरेका थिए। कार्यक्रममा एनेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, नेकपा एमाले कास्कीका सचिवालय सदस्य लक्ष्मीप्रसाद अधिकारी र  पोखरा उद्योग वाणिज्य सङ्घका उपमहासचिव प्रकाशदेव पालिखेले बोलेका थिए। कार्यक्रमको सञ्चालन सञ्चारकर्मीहरु गोविन्द थापा सिंजाली र रेनु थापाले संयुक्त रुपमा गरेका थिए। यसैबीच पोखराको नयाँ वजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रवारबाट सुरु भएको म स् म मेलामा आयोजककै भनाई अनुसार ५५ हजार रुपैया खर्चिएर एउटा मःम तयार गरिएको छ । यो मःम साच्चिकै भने होईन । नमुनाको रुपमा महोत्सब स्थलको बिचमा मःमको स्वरुप तयार गरिएको छ । यो तयार गर्न ५५ हजार रुपैयाँ खर्च भएको आयोजक ट्रेनर नेपालको दावी छ । मेलाको आकर्षण बढाउन यो तयार गरिएको संयोजक रविन गुरुङले बताए । मुर्तिकार युवराज पौडेलेको टोलीले मःम को स्वरुप तयार गरेको बताईएको छ । शुक्रवारदेखि सुरु भएको मेला आइतवारसम्म चल्नेछ । मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाईने आयोजकको दावि छ ।



Post a Comment

 
Top