0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ कास्कीस्थित विएमजी उच्च माविको रजत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। चालु शैक्षिक सत्रलाई रजत महोत्सवका रुपमा मनाउन लागेको विद्यालयले जनाएको छ । रजत महोत्सव फाल्गुन १ देखि ३ गते सम्म चल्नेछ बुधबार आयोजित पत्रकार भेटघाटको कार्यक्रम जानकारी गराइएको हो । वि स २०४७ सालमा लेखनाथ नगर पालिकाको वडा नं १ सैनिक वस्ती पावरहासउसमा स्थापित वि एमजी उच्चमाविले स्थापनाको २५औं बर्षगाठमा रजत महोत्सव मनाउन लागिएको विद्यालयका प्राचार्य युवराज गुरुङले जानकारी दिए। प्राचार्य गुरुङले दिएको जानकारी अनुसार रजत महोत्सवमा विभिन्न खेलकू एवं शैक्षिक क्रियाकलाप हुनेछ । गत भाद्र महिना देखिनै बिभिन्न कार्यक्रम संचालन गर्दै आएको विद्यालयले रजत महोत्सवको समापन समारोहलाई लेखनाथ नगर क्षेत्रमा नै प्रभावकारी तरिकारले संचालन गर्ने भएको छ । 
उक्त कार्यक्रम तयारीका लागि विभिन्न उप–समिति गठन गरिएको विद्यालयले जनाएको छ । उप–समितिहरुले आ–आप्mनो काम सम्पन्न गरि फाल्गुन १ गतेदेखि ३ गतेसम्म विशेष कार्यक्रम गर्ने  तयारीमा आफूहरु जुटेको विद्यालयका प्रमुख सल्लाकार डा. भीमसेन गुुरुङले बताए । रजत महोत्सव अन्तर्गत विद्यालयले अन्तर्राष्ट्रिय हजुर बा हजुरआमा दिवसको अवसर पारेर जेष्ठ नागरिकको सम्मान, स्थानीय स्तरका आमा समूहका बीच खुल्ला तीजगीत प्रतियोगिता, स्पोर्टस मिट, चित्रकला प्रतियोगिता, भूपू विद्यार्थी एवं शिक्षक पुनर्मिलन, निवन्ध लेखन लगायतका कार्यक्रम आयोजना गरिसकिएको विद्यालयका संस्थापक निर्देशक ईन्दिरा गुरुङले बताए । विद्यालयले लेखनाथ नगर क्षेत्रलाई शैक्षिक नगरीको रुपमा विकास गराउका लागि प्राविधिक र प्रयोगात्मक नयाँ शिक्षा प्रणालीमा लगानी गर्ने योजना बनाएको छ। कार्यक्रममा शिक्षक रामचन्द्र अधिकारीले तयारीका सम्बन्धमा अहिलेसम्म भएका गतिविधिका बारेमा जानकारी गराएका थिए।
गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मूल नाराका साथ स्थापित विएमजीले विस २०५७ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थी सम्मिलित गराउँदै आएको छ । बीएमजी उच्च मावि तहमा  होटल म्यानेजमेन्ट विषयको अध्यापन गराउने लेखनाथकै पहिलो विद्यालय हो । विद्यालयमा अहिले मावि र उच्च मावि गरि करिब ८ सय ४० विद्यार्थी अध्यनरत छन् ।















Post a Comment

 
Top