0
गोल्डेन न्यूज संवाददाता
मन, वचन र कर्मले सेवा गरौैं भन्ने मूल उद्देश्यका साथ स्थापित पोखराको फूलवारी क्लवले आफ्नो रजत महोत्सव वर्ष–२०७२ मनाउन शुरु गरेको छ । क्लवले रजतवर्ष र शहिद दिवसको अवसर पारि रक्तदान कार्यक्रम आयोजना ग¥यो ।  कामर्यक्रममा ६० युनिट रगत संकलन भएको छ । ‘रक्तदान जीवन दान, जीवनदान महादान’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन जिल्ला रेडक्रस सोसाईटी कास्कीका सभापति वामदेव ढुंङ्गानाले गरेका थिए । कार्यक्रममा बोल्दै उनले पोखरामा रगको अभाव भएको अवस्थामा फूलवारी क्लवले रक्तदान कार्यक्रम आयोजना गरेर सह्रानीय काम गरेको बताए । उनले क्लवले समाजिक, स्वास्थ्य, शिक्षा, खेलकुद र वातावरणको क्षेत्रमा खेलेको भूमिका र पु¥याएको योगदानको प्रशंसा समेत गरे । कार्यक्रममा  क्लवका सल्लाहकार शारदा बाँस्तोला, क्लवका पूर्व अध्यक्ष दामोदर बाँस्तोला, शिवहरि बाँस्तोला तथा रामकृष्ण बाँस्तोला ‘गोर्खाली’ लगायत सहभागी थिए । त्यस अवसरमा क्लवका सचिव हरि प्रसाद बाँस्तोला, सदस्य नवराज बाँस्तोलाले क्लवको बारेमा चर्चा गरेका थिए । उक्त अवसरमा सबै भन्दा कम उमेरकी १८ वर्षीया किशोरी आर्या बाँस्तोला पनि रक्तदान गरेको क्लवका अध्यक्ष टुवराज बाँस्तोला ‘विशाल’ ले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । कार्यक्रममा बोल्दै अध्यक्ष बाँस्तालाले अरुको जीवन बच्ने मात्र नभई आफ्नो शरीरको स्वस्थ राख्न पनि रक्तदान उपयोगी हुने भन्दै  क्लवले रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै जाने स्पष्ट पारे। उनले  आगामी फाल्गुन ७ र ८ गते क्लवको रजत महोत्सव बनाइने र उक्त अवसरमा विविध कार्यक्रमको आयोजना गरिने अध्यक्ष बाँँस्तोलाले जानकारी दिए ।



Post a Comment

 
Top