0
गोल्डेन न्यूज संवाददाता
वर्षाले घर क्षतिग्रस्त बनेपछि घरबारबिहीन भएका पोखरा–८ कुँवरटोलस्थित राजेन्द्र कुँवरको परिवारलाई घर निर्माणमा सहयोग गरिएको छ । कुँवर टोल विकास संस्थाको पहलमा आत्मीय जागरण केन्द्रले स्थानीयद्वारा रकम संकलन गरी घर निर्माणको लागि ४० बोरा सिमेन्ट, १ ट्रिप गिट्टी र १ ट्रिप बालुवा सहयोग हस्तान्तरण गरिएको छ । आत्मीय जागरण केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा केन्द्रका अध्यक्ष नौलीश्री गुरुङ र कुँवर टोल विकास संस्थाका अध्यक्ष पार्वती पौडेल एवं संस्थाका सदस्य लगायतले कुँवरका परिवारलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । कुँवर परिवारले सहयोग प्राप्तपछि सहयोगदाताप्रति आभार व्यक्त गरे । कार्यक्रममा कुँवर टोल विकास संस्थाका अध्यक्ष पार्वती पौडेलले आगामी दिनमा पनि यसप्रकारको सहयोग गर्दै जाने बताइन् । आत्मीय जागरण केन्द्रको अध्यक्ष नौलीश्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शोभा आचार्यले संचालन गरेकी थिइन् । घर निर्माणका लागि यसअघि पोखरा उप–महानगरपालिकाका इ.श्यामजी बाँस्तोला र इ.पदमराज अधिकारीले गरेको सर्भेपछि नगरपालिकाले २६ हजार रुपैयाँ बराबरको भासिएको घरको खाडल पुर्न सहयोग भएको थियो । गत भदौमा आएको अविरल वर्षापछि कुँवरको घर भासिएर भत्किएको हो । परिवारमा ४ सदस्य छन् ।















Post a Comment

 
Top