0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्की क्षेत्र नंं ३ को नवनिर्वाचित कार्यसमितिको बैठक पनि मंगलबार सम्पन्न भयो । बैठकले पार्टीका केन्द्रीय सभापति सुशिल कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै सादा जीवन उच्च विचारका धनी र नेपालको संविधान–२०७२ का पिता सुशिल कोइरालाकप्रति श्रद्धाञ्जली अर्पण गरेको क्षेत्रीय सचिव दीपेन्द्र मर्सानीले बताए । बैठकले क्षेत्रीय अधिवेशनमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै नयाँ कार्यसमितिलाई विजयी गराउने क्षेत्रीय प्रतिनिधिलाई पनि धन्यवाद ज्ञापन गरेको छ । यसैगरी निवर्तमान क्षेत्रीय सभापति शोभाचन्द्र बरालले आफ्नो कार्यकालमा पार्टी संगठन विस्तारका लागि अथक प्रयास गरेको भन्दै बराल सहित कार्यसमितिलाई पनि धन्यवाद ज्ञापन गरेको छ । बैठकमा निवर्तमान सभापति बरालले माइन्युट बुक हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबै नेता र कार्यकर्ताप्रति आभार प्रकट गरेका थिए । उनले पार्टीमा त्यागी, निष्ठावान र इमान्दार कार्यकर्ताको खाँचो रहेको भन्दै पार्टीमा योगदान नगरेका र सक्रिय नरहेकाहरुले अवसर पाए भने संगठन कमजोर हुने बताए ।  बैठक नवनिर्वाचित सभापति विजयराज आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । यसैगरी नेपाली काङ्ग्रेस पोखरा नगर समितिको पहिलो बैठक मङ्गलबार बसेको छ। समितिका निवर्तमान सभापति विष्णुहरि बरालले नवनिर्वाचित सभापति बजिरमान श्रेष्ठलाई माइन्युट हस्तान्तरण गरेपछि बैठक शुरु भएको थियो।      बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनहुदाँ मुलुक र पार्टीले ठूलो क्षति व्यहोर्नु परेकोमा दुःख व्यत्तगर्दै मृतात्माको चिरशान्तिको कामना सहित शोक प्रस्ताव पारित गरेको छ। बैठकले नगर अधिवेशन गर्न सघाउने सवैप्रति धन्यवाद ज्ञापन गरेको छ। यसैगरी बैठकले समितिको नियमित बैठक प्रत्यक महिनाको ७ गते बस्ने निर्णय गरेको समितिका सचिव सरोजनारायण बराल जानकारी दिए। बैठक नेपाली काङ्ग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा बसेको थियो।






Post a Comment

 
Top