0
गोल्डेन न्यूज संवाददाता
नवआगन्तुक कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले १६ बँुदे कार्ययोजना सार्वजनिक गरेका छन् । उनले बिहीवार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालको कार्ययोजना सार्वजनिक गरेका हुन् । एसपी अर्यालले पहिलो प्रथामिकतामा अपराध नियन्त्रणलाई राखेका छन् । त्यसपछि घटित अपराधहरुको गहन अनुसन्धानलाई अघि सारेका छन् । पछिल्लो समय लगातार रुपमा महिलाको शब भेटिरहँदा कार्वाहीको आवाज उठिरहेका बेला उनले त्यस्ता घटनामाथि गहन अनुसन्धान गर्ने प्रतिबद्धता सहितको कार्ययोजना अघि सारेका हुन् । गुण्डागर्दी नियन्त्रण, अपराधमा सून्य सहनशिलता, ट्राफिक ब्यवस्थापन लाई पनि उनले प्रथामिकतामा पारेका छन् । अदालतबाट वारेण्ट जारी भएका फरार अपराधीहरुको खोजी र कार्वाहीलाई पनि आफ्नो कार्यकालमा अघि बढाउने उनले बताएका छन् । प्रहरीको आचरण ब्यवहारमा सुधार ल्याउँदै मुस्कान सहितको प्रहरी सेवामा उनले जोड दिएका छन् । प्रहरी भित्रको आन्तरिक शुद्धिकरणमा जोड दिदै मानव अधिकारको सम्बद्र्धन र संरक्षणको लागि प्रतिबद्ध रहेको उनले बताए । सामाजिक विकृत, विसंगति बिरुद्ध विभिन्न संघ–संस्थासँगको सहकार्यलाई अघि बढाउने, सरकारी एवं गैरसरकारी निकायसँग समन्वयमा जोड दिने, लागुऔषध नियन्त्रण लगायतका बिषयमा उनले प्रतिबद्धता जनाएका छन् । आफ्नो कार्यकालमा कास्कीलाई शान्त र सुरक्षित जिल्लाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाउदै उनले सबै क्षेत्रसँग सहयोगको अपेक्षा ब्यक्त गरेका छन् । त्यस्तै चैत्र १ देखि ४ सम्म पोखरामा हुन लागेको सार्क विदेशमन्त्री स्तीरय बैंठकका लागि आवश्यक सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाउने गरी तयारी भैरहेको उनले जानकारी दिए । सुरक्षित र अपराध मुक्त कास्कीको लागि पत्रकारहरु सँग सहयोग गर्न उनले आग्रह समेत गरे ।




Post a Comment

 
Top