0
गोल्डेन न्यूज संवाददाता
सांसद कुमार खडकाले राजनीतिक संक्रमणको अन्त्यसंगै विकास निर्माणका कार्यले तीव्रता पाउने बताएका छन् । मनकामना आमा समूह र महेन्द्र मावि पोखरा–१९ घार्मीले शनिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सांसद खड्काले विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले विकासका काममा अवरोध पुगेको बताउँदै, अब सरकार गम्भीर भएर पूनर्निर्माण संगसंगै विकासका काममा लाग्नुपर्नेमा जोड दिए ।  घार्मीका जनताले भोगेका समस्याप्रति चिन्ता व्यक्त गर्दै खड्काले विकासका काममा आफूले कसैलाई काखा कसैलाई पाखा नगर्ने दाबी गरे । त्यस अवसरमा मातृभूमि बचत समूहका अध्यक्ष ढुण्डिराज पौडेल, कांग्रेस इकाइ सभापति महेश्वर पौडेल, एमाले वडा कमिटीका उपाध्यक्ष डिल्लीराज पौडेल, आमा समूहका उपाध्यक्ष लिला पौडेल, महेन्द्र माविका प्रधानाध्यापक बासुदेव पौडेल, नन्दराज दाहाल लगायतले घार्मीका समस्यका बारेमा अवगत गराएका थिए । सांसद खड्काले विकास निर्माणका आयोजनाको इस्टिमेट उपलब्ध गराउन आग्रह गर्दै आमा समुहको निर्माणाधिन भवनलाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । समूहले निर्माण गर्न लागेको भवन आर्थिक अभावका कारण रोकिएको छ । त्यस्तै सांसद खड्काले खानेपानी र विद्यालको भौतिक निर्माणका लागि केन्द्रमा पहल गर्ने आश्वासन दिए । उनले आम समूहको निर्माणधिन भवन, लामाचौर स्वास्थ्यचौकी, महेन्द्र मावि र अमला विसौनी घार्मी सडकको निरीक्षण समेत गरेका थिए ।













Post a Comment

 
Top