0
गंगाधर पराजुली
पोखरा ९ फाल्गुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. शेखर कोइरालाले कांग्रेस सभापति सुशिल कोइरालाले समन्वयकारी भूमिका खेलेको ले नै संविधान निर्माण सम्भव भएको बताएका छन् । स्व. सुशिल कोइरालाको १३औं पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस कास्कीले आइतबार पोखरामा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै नेता शेखरले सुशिल कोइराला प्रधानमन्त्री नभएको भए संविधान निर्माण सहज नभएको स्पष्ट पारे । उनले भने–‘प्रधानमन्त्री सुशिल कोइरालाले एमाओवादी र्र एमालेलाई एकै ठाउँमा ल्याएर समन्वयकारी भूमिका खेल्न सकेको ले नै संविधान निर्माण सम्भव भएको हो ।’ 
नेता शेखरले स्व. सुशिलको योगदानको बारेमा चर्चा गर्र्दै २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र अपदस्त गरि निरंकुश पञ्चायती व्यवस्था लादेकोले नै सुशिल कोइराला कांग्रेसको राजनीतिमा सक्रिय बनेको स्पष्ट पारे । ‘२०१७ साल अघि सुशिल दा असाध्यै ह्याण्डसम हुनुहुन्थ्यो । त्यसैले उहाँ हलिउडमा अभिनय गर्न आतुर रहेकै बेला मुलुकमा प्रजातन्त्र खोसिएको र कोइराला परिवार सहित आम जनताले कष्टकर जीवन भोग्नु परेपछि सुशिल दा राजानीतिमा सक्रिय हुनुभएको हो’–स्व. सुशिललाई स्मरण गर्दै डा. शेखरले भने–‘त्यसपछिका दिनमा गिरिजा बाबुलाई हरेक कदममा साथ दिने व्यक्तित्व सुशिल दा नै हो । उहाँले विमान अपहरण गर्दा वा ओखलढुृंगा काण्डमा कांग्रेसको तर्फबाट मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।’
नेपालबाट निर्वासित जीवन विताउन भारत गएका बेला पनि भारत सरकारले सुशिल कोइरालालाई यातना दिएर ३ महिना जेलमा राखेको स्मरण गर्दै डा. शेखरले भने–‘बिहार जेलबाट भागलपुर जेलमा सरुवा गर्दा सुशिल दा को हातमा हत्कडी र खुट्टामा डोरी बाँधिएको अवस्थामा विपि कोइराला संगै मैले भेटेको थिएँ । त्यस्तो अवस्थामा पनि सुशिल दाले चिन्ता लिनुभएन । उहाँले आफूजस्ता नेपालीले संघर्ष नगरे नेपालमा प्रजातन्त्र आउन नसक्ने भन्दै हामीलाई समेत आन्दोलनमा लाग्न हौसला दिनुहुन्थ्यो ।’ सुशिल कोइरालामा सरलताभित्र कठोरपन समेत रहेको स्मरण गर्दै नेता शेखरले भने–‘यस्तो कठोरपन प्रजातन्त्रका लागि मात्र उहाँले खेदाउनुहुन्थ्यो ।’ तर पछिल्लो समयमा पार्टीभित्र गुट उपगुट बढ्दै गएपछि उहाँ खिन्न बन्नुभएको शेखरले सम्भिए । 
श्रद्धाञ्जली सभामा बोल्दै सांसद यज्ञबहादुर थापाले अविचलित निष्ठाको राजनीति गर्नेै, सरल र सादगी जीवनमा रमाउने प्रजातन्त्रको योद्धाको रुपमा सुशिल कोइरालालाई चित्रण गरे । शान्ति, सहकार्य र संविधानको अडानलाई मौनतापूर्वक टुङ्गोमा पु¥याउन कोइराला सफल भएको थापाले बताए । 
कास्की कांग्रेसका पूर्व सभापति शुक्रराज शर्माले स्व. सुशिलले कसैसंग केही नलिएको, केही नमागेको र कुनै वेइमानी नगरेको भन्दै कांग्रेसका नेताहरुले स्व. कोइरालाको अनुशरण गर्ने हो भने आशन्न महाधिवेशनमा चुनाव गर्नुपर्ने स्थिति नआउने स्पष्ट पारे । 
कांग्रेस नेता खेमराज पौडेलले स्व. सुशिललाई सिद्धान्त र आदर्शको कुरामात्र नभइ व्यवहारमा उतार्ने कुर्वानी गरेका राजनीतिज्ञको रुपमा स्मरण गरे । १२औं महाधिवेशनमा कोइरालाले बाचा गरेका केही कुरा पुरा हुन नसकेपछि १३औं महाधिवेशनमा पुनः सभापति बन्ने सोंच राखेको भएपनि नियतिले पुरा हुन नदिएको भन्दै पौडेलले कोइराला परिवारको विरासत धान्न कोइराला परिवारका नेताहरु सक्षम र एकतावद्ध हुनुपर्नेमा जोड दिए । 
पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरुङले पार्टीको १३औं महाधिवेशनबाट आउने नेतृत्वले पार्टीलाई सुदृढ र एकतावद्ध बनाउन सकेमात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।
नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले कांग्रेसका नेताहरु विश्वेश्वर कोइराला र गणेशमान सिंह लगायतको भनाइ अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दा सुशिल कोइरालालाई राष्ट्रपति बनाउन सकेको भए यो दुःखद् अवस्था अहिले नै भोग्नु नपर्ने स्पष्ट पारे । उनले चुनावको बेला दलहरुबीच प्रतिस्पर्धा भएपनि स्व. कोइरालाको भावना अनुरुप लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नुका साथै संविधानको कार्यान्वयन गर्न सबै दल मिलेर जानुपनर्तेमा जोड दिए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सी.को सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परिवार,सांसद शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं प्रजातन्त्र सेनानी संघ कास्कीका अध्यक्ष लिलाभक्त आचार्य, कास्की कांग्रेसका सचिव सुदिप मोहन भट्टराई, लोकतान्त्रिक खेलकूद संघका देवेन्द्र शेरचन, कास्की क्षेत्र नं. २ का सभापति माधव प्रसाद बाँस्तोला मधु, नेपाली कांग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, व्यवसायी आनन्दराज मुल्मी, नेपाल दलित संघका केन्द्रीय सदस्य परशुराम बी पोखरेल, महिला संघकी केन्द्रीय सदस्य आनन्दी राणा कार्की, कांग्रेसको एकाइ सभापति अप्सरा श्रेष्ठ, पूर्व जिल्ला सचिव युवराज कुँवर लगायतले स्व. कोइरालालाई स्मरण गरेका थिए ।

यसैबीच नेपाली कांग्रेसको आसन्न १३औं महाधिवेशनमा कोइराला परिवारका सदस्यहरु विभिन्न खेमामा विभाजित हुने चर्चा चलिरहेका बेला कोइराला परिवारकै प्रभावशाली नेता डा. शेखर कोइरालाले आफूहरु सबै एकै ठाउँमा रहेको स्पष्ट पारेका छन् । पोखरामा सुशिल कोइरालाको श्रद्धाञ्जली सभामा बोल्दै उनले भने–‘सुशिल दा पछि कोइराला परिवारका हामी ३ जना एकै ठाउँमा छौं । तर पनि आन्तरिक प्रतिस्पर्धा भने भइरहन्छ । उनले आफू सहित नेता डा. सशांक कोइराला र नेतृ सुजाता कोइरालाको नाम नलिएपनि ३ जना एकै ठाउँमा उभिएर पार्टीलाई अघि बढाउने र कार्यकर्तालाई आड भरोसा दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा कांग्रेस नेता खेमराज पौडेलले कोइराला परिवारको विरासत धान्न कोइरालाहरु सक्षम र एकतावद्ध बन्न सुझाव दिएपछि डा. शेखरको त्यस्तो भनाइ आएको हो । आफूले कोइराला परिवारको बारेमा केही बोल्न नचाहेको र बोल्नुपर्ने आवश्यकता पनि नभएको भन्दै  भन्दै कोइरालाले साथीहरुले बढी नै जोड गरेपछि मात्र आफूले यस विषयमा स्पष्ट पार्न चाहेको बताए । यसै सन्दर्भमा उनले भने–‘कसैको विरासतबाट राजनीति चल्दैन । कर्मलेमात्र चल्छ । सुशिल दा पछिका हामी ३ जना एकै ठाउँमा छौं र रहने छौं ।’ उनले आफू पार्टीको पदाधिकारी बन्न नपाएपनि सामान्य जिम्मेवारी लिएर काम गर्न तयार रहेको स्पष्ट पार्दैै नेता कोइरालाले ६०÷४० को भागवण्डाले कांग्रेस अधोगतितर्फ लागेके बताए । सुशिल कोइरालाको स्वास्थ्य बिग्रिंदै गएपछि उहाँलाई पुनः सभापतिको उम्मेदवार नबन्न आफूले आग्रह गरेको स्मरण गर्दै नेता शेखरले भने–‘अहिले पनि २ जना शीर्ष नेताहरु मध्ये १ जना सभापति र १ जना संसदीय दलको नेता भएर बस्नुस् भन्ने सुझाव मैले दिएको थिएँ तर दुवै नेताले पत्रपत्रिकामार्फत म जस्ता शुभचिन्तकको सुझावलाई समेत छरपष्ट पारे ।’

Post a Comment

 
Top