0
रोट¥याक्ट क्लव अफ न्युरोड, पोखराले कास्कीको लाहाचोकस्थित जगजागरण प्राथमिक विद्यालयमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ४२ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रोट¥याक्ट न्यूरोडकी अध्यक्ष सुष्मा गौचनले विद्यार्थीहरुलाई झोला, कापी, कलमसहित सरसफाईका सामग्री हस्तान्तरण गरिन् । कार्यक्रममा बोल्दै गौचनले क्लवको ‘सिग्नेचर प्रोजेक्ट’ अन्तर्गत विभिन्न विद्यालयमा झोला वितरण गरेको बताइन् । कार्यक्रम संयोजक सुजन रेग्मीले विद्यार्थीहरुलाई विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा विद्यालयकी शिक्षिका निशा सुनारले क्लवलाई धन्यवाद व्यक्त गरिन् । लाहाचोकको दलित वस्तीमा रहेको जनजागरण प्राविमा सम्पूर्ण विद्यार्थीहरु दलित समुदायका रहेका छन् । झोला वितरणमा दक्षिण कोरियाको उसोङ हाइ स्कुलको पनि सहयोग रहेको थियो । कार्यक्रममा सो स्कुलबाट ४ जना प्रतिनिधिको सहभागिता थियो ।  क्लवले गतवर्ष चलचित्र ‘झोला’ को च्यारिटी सो गरि लाहाचोककै दुई विद्यालय र गत माघमा पुरन्चौरको शिवपुरी प्राथमिक विद्यालयमा पनि २७ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको थियो ।

Post a Comment

 
Top