0
गोल्डेन न्यूज संवाददाता
प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुको साथै प्रदुषण बढाएको भन्दै पोखरा उपमहानगरपालिकाले आगामी बैशाख १ गते औपचारिक कार्यक्रमको आयोजना गरेर प्लाष्टिक झोला र प्लाष्टिकका गिलास निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । स्थानीय स्वायत्त शासन ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८ अन्तर्गत पोखरा उपमहानगरपालिकाले प्लाष्टिकजन्य वस्तु निषेध कार्यविधि २०७२ समेत पारित गरिसकेको छ । नगरपालिकाको १८, १९ र २० औं नगरपरिषद्बाट समेत पारित प्लाष्टिक झोला निषेध सम्बन्धि निर्णयलाई आगामी नयाँ बर्षदेखि कार्यन्वयनमा ल्याउने तयारी गरेको हो । उप–महानगरपालिकाले प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्नका लागि ‘वडा स्तरीय प्लाष्टिक झोला समस्या, पहिचान तथा समाधान सम्वन्धी सचेतना एवम् अन्तत्र्रिmया’ कार्यक्रमको शुरुवात गरेको छ । अभियानको तेस्रो दिन अन्तर्गत  रामेश्वर मन्दिर फुलवारीमा पोखराका वडा नं. ११, २० तथा २१ का सरोकारवालाहरु संग उप–महानगरपालिकाले अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको हो । वडा नं. ११ का सचिव भिमदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वातावरण महाशाखाका प्रमुख वरिष्ठ इञ्जिनियर चन्द्रप्रसाद काफ्लेले कार्यक्रमको औचित्यमाथी प्रकास पारेका थिए । कार्यक्रमका फोकल पर्सन इञ्जिनियर महेन्द्र गोदारले प्लाष्टिक प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने भएकोले यसलाई विस्तारै न्युनिकरण गरेर जानुपर्ने धारणा राखे । प्लाष्टिक झोला तथा प्लाष्टिकजन्य गिलास निषेधका समस्या चुनौती एवम् बैकल्पिक उपायका वारेमा भएको खुला सवाल जवाफ कार्यक्रमको सहजीकरण सुरक्षा तथा निरीक्षण महाशाखाका प्रमुख बसन्त चालिसेले गरेका थिए । आगामी चैत्र मसान्तसम्म विभिन्न कार्यक्रमहरुलाइ अभियानका रुपमा सञ्चालन गरेर नगरवासीहरुलाई प्लाष्टिक प्रयोगका हानीबारे सचेतना प्रदान गर्दै पोखरालाई प्लाष्टिक झोला र प्लाष्टिकजन्य गिलास निषेधित क्षेत्र घोषणा गरिने पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताएका छन् । उप–नगरपालिकाले प्लाष्टिक झोला तथा गिलास निषेध कार्यक्रमका लागि यसअघि नै  १, २, ३, ४ र २६ नं. वडाका सरोकारवालाहरु संग गत फागुन ११ गते तथा वडा नं. ५, ६, ७, ८ र ९ का सरोकारवालाहरु संग १२ गते अन्र्तक्रिया सम्पन्न गरिसकेको छ । अन्तत्र्रिmयाका अलावा विभिन्न सरोकारवाला निकायहरुसंग पनि उप–महानगरपालिकाले छलफल गर्दै आएको छ । पोखरा उपमहानगरपालिकाले २०६७ साउन १ गते पोखरालाई कालो प्लाष्टिकको झोला निषेधित क्षेत्र घोषणा गरेको थियो । सन् १९०७ मा अमेरिकाबाट उत्पादन सुरु भएको प्लाष्टिकको झोला अहिले विश्वभर फैलिएको छ । प्लाष्टिकको झोला कुहिन एक सय बर्ष लाग्ने, प्लाष्टिकले माटोको गुणस्तर घटाउने, प्रदुषण बढाउने र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने गर्छ । पोखरा उपमहानगरपालिकाले आगामी चैत्र १५ सम्म मौजाद रहेका प्लाष्टिक झोला तथा गिलास ब्यबस्थापन गर्न व्यावसायीलाइ आग्रह गरेको छ ।




Post a Comment

 
Top