0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रिय घोषित गाउँ, नगर र क्षेत्रमा राप्रपा नेपाल कार्यक्रम अन्तरगत लेखनाथ नगर कमिटीको संगठन विस्तार अभियान सम्पन्न भएको छ। राप्रपा नेपाल लेखनाथ नगर कमिटिले आईतवार पार्टी कार्यलयमा राखेको पत्रकार भेटघाट कार्यक्रममा लेखनाथ नगर क्षेत्र भित्रका सम्पूर्ण वडामा विस्तार गरिएको जानकारी गराईएको थियो। नगर कमिटीका अध्यक्ष हरिबहादुर जिसीले दिएको जानकारी अनुसार वडा नं १ मा सुबेदार कमल गुरुङ्ग, वडा नं २ मा सन्तोष भण्डारी, ३ मा निराज पुन, ४ मा कुल व पुन, ५ मा शारदा रानाभाट, ६ मा रवि अधिकारी, ७ मा सावित्री जिसी, ८ मा नारायण थापा, ९ मा हेमु सापकोटा, १० मा खगराज पाण्डे, ११ मा प्रकाश सापकोटा, १२ मा माधव तिवारी, १३ मा प्रेमकाजी गुरुङ्ग, १४ मा सुवर्ण वाग्ले, १५ मा लोकनाथ ढकाल, १६ मा मान व पोख्रेल, १७ मा शिवराज अधिकारी, १८ मा कृष्ण केसी रहेका छन् ।
कार्यक्रममा वोल्दै राप्रपा नेपाल क्षेत्र नं १ का अध्यक्ष नारायण प्रसाद सुवेदी, र क्षेत्र नं. ३ का अध्यक्ष कृष्णराज अधिकारीले पार्टीको केन्द्रिय नीति तथा कार्यक्रम अनुसार कार्यक्रम गरिएको बताएका थिए। राप्रपा नेपाल लेखनाथ नगर कमिटीका अध्यक्ष हरि बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव महेश्वर आचार्यले गरेका थिए ।







Post a Comment

 
Top