0
गोल्डेन न्यूज संवाददाता
तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका ९ जनाको शव शुक्रवार काठमाडांै लगिएको छ । सनाखत हुन नसकेका ७ सहित ९ वटा शव काठमाडांै पठाएको कास्की प्रहरीले जनाएको छ । जहाज दुर्घटनामा ज्यान गुमाएका २३ मध्ये १६ जनाको सनाखत भएको छ । ७ जनाको अझै सनाखत हुन सकेको छैन । पहिचान खुल्न नसकेका चिनियाँ नागरिक माक सुई याङ, दिलकुमारी गौचन, देवीजंग गुरुङ, फेनजोक गुरुङ , लक्ष्मी हिराचन, लेप्साङ लामा र कान्छा परियारको शव डिएनए परिक्षणका लागि काठमाडौं लगिएको हो । पहिचान खुलेका कुवेती नागरिक रसिद अहमद र नेपाली सेनामा कार्यरत राजकुमार तामाङको शव पनि काठमाडौं लगिएको छ । पोखरा ल्याएका २० मध्य पहिचान भएको १६ शवमा ११ वटा आफन्तले बुझिसकेका छन् । तीन वटा शव घटनास्थल बाटै आफन्तले बुझेर लगेका थिए ।पहिचान भएको मध्य चालक दलका तीन जना पाइलट रोशन मानन्धर, कोपाइलट दिकेश नेमकुल, एयर होस्टेज रमा राउत र सिन्धुपाल्चोक का डोल्मा छिरिङ शेर्पाको शब आफन्तले बुझेर काठमाडौं लगेका छन् । त्यस्तै बालकृष्ण निउरेको शब आफन्तले बुझेर बाग्लुङ लगिसकेका छन् । पोखरा फूलवारी घर भई मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ वास्तोलाको शब पनि आफन्तले बुझेका छन् । मुस्ताङकी कमला थकालीको शब पनि आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । पहिचान खुलेका ६ महिने वालिका, कुवेती नागरिक रसिद अहमद, नेपाली सेनामा कार्यरत राजकुमार तामाङ, स्याङजाका मोतीबहादुर केसी र पोखराका रेवती बरालको शब आफन्तले बुझ्न बाँकी छ । मुस्ताङका विनता भट्टचन उनका दुई महिने नावालक र कृष्णलाल भट्टचनको शब आफन्तले पहिचान गरी घटनास्थलबाटै बुझेका छन् । बुधवार विहान ७ बजेर ५० मिनेटमा पोखराबाट जोमसोमको उडेको तारा एयरको ढल्ब्ज्ज् कलसाईनको जहाज उडान भरेको १० मिनेटमै दुर्घटनाग्रस्त भएको हो । मृतकको शब एयर डाईनेष्टि हेलिकप्टर मार्फत बिहिवार पोखरा ल्याईएको हो । दुर्घटनामा भएको झण्डै ६ घण्टापछि घटनास्थल पुगेको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बुधवार दिनभर र विहिवार विहान शब संकलन गरेको थियो ।



Post a Comment

 
Top