0
गोल्डेन न्यूज संवाददाता
सशस्त्र प्रहरी बल मुक्तिनाथ वाहिनी पोखरामा नयाँ वाहिनीपतिको आगमन भएको छ । यसअघिका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक जानकी भट्टराईको सरुवा भएपछि नयाँ वाहिनीपतिको रुपमा सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र कुमार सिंह आएका छन् । सरकारको माघ १७ को निर्णय अनुसार भट्टराई सशस्त्र प्रहरी वल मुख्यालय ब्यवसायीक तथा गुणस्तर निर्धारण निर्देशनालयमा सरुवा भएका हुन् । नवआगन्तुक वाहिनीपति सिंह यसअघि सशस्त्र प्रहरी कार्यविभाग मा थिए । वाहिनीपतिको रुपमा झण्डै १५ महिनाको कार्यकाल पूरा गरी जान लागेका भट्टराईले सोमवार औपचारिक कार्यक्रमको आयोजना गरी नवआगन्तुक वाहिनीपतिको साथै सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रमाचार्यको स्वागत गरे । भट्टराईले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरे । कार्यक्रममा पुनरावेदन अदालत पोखराका मूख्य न्यायधिश डम्बर बहादुर शाही, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, नेपाली सेना पश्चिम पृतनापति रमेश पुन लगायत चारवटै सुरक्षा निकायका क्षेत्र एबं जिल्लाका प्रमुख, उद्योगी ब्यवसायी लगायतको सहभागिता थियो ।


Post a Comment

 
Top