0
पोखराको चाउथेमा रहेको कास्की मोडनाइज्ड एकेडेमी उ.मा.वि.ले विद्यार्थीमा अन्तरनिहित प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । पूर्व प्रा.वि., विद्यालय जुनियर र सिनियर गरी तीन तहमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरुको गायन,नृत्य,सङ्गीत, वक्तृत्वकला, तेक्वान्दो प्रदर्शन जस्ता विभिन्न विधामा आफ्ना प्रतिभा पस्फुटन गरेका थिए भने विद्यार्थीको बौद्धिकता विकासका लागि विभिन्न खालका अतिरिक्त प्रश्नहरु पनि सोधिएको थियो । २०७१ सालको शैक्षिक पुरस्कार कक्षागत रुपमा प्रथम,द्वितीय, तृतीय तथा तहगत रुपमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्नुका साथै २०७१ सालको एस एल.सी परीक्षामा उत्कृष्ट अङ्क ल्याई प्रथम, द्वितीय,तृतीय हुन सफल विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले  विद्यार्थीहरुमा लुकेर रहेका क्षमताहरु बाहिर खुलस्त रुपमा देखाउन सहज हुने बताए। विभिन्न कार्यक्रमको निर्णायकमा विद्यालयका प्राचार्य रामबहादुर मोची, रामभक्त जोजिजु, गोरे गुरुङ, सुरेशराज पाण्डे रहेको कार्यक्रमको सञ्चालन विद्यालय इन्चार्ज शिवलाल उपाध्यायले गरेका थिए । कार्यक्रममा सुरेश राज पाण्डेले स्वागत मन्तव्य राखेका थिए । अन्तरनिहित प्रतिभा प्रस्फुटन कार्यक्रममा सिनियरतर्फ प्रिया गुरुङ्ग प्रथम, वर्षा आचार्य र प्रशान्त सुनार द्वितीय र दिव्या गुरुङ्ग तृतीय, जुनियरतर्फ कुसुम गुरुङ्ग प्रथम, सुलक्क्षण गुरुङ्ग द्वितीय, रिमा गुरुङ्ग तृतीय  र पूर्व प्रा.वि. तर्फ प्रशन्ना गुरुङ्ग प्रथम, सोहेन तामाङ्ग द्धितीय र स्वेच्छा वि.क.ले तृतीय स्थान हासिल गरेका छन् ।




Post a Comment

 
Top