0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति नेपाल कास्कीको संयोजकमा हेमबहादुर थापा चुनिएका छन् । नयाँ शक्ति, नेपाल कास्कीको बैठकले थापाको संयोजकत्वमा १०१ सदस्यीय अन्तरिम जिल्ला परिषद शुक्रबार घोषणा गरेको हो । परिषदमा विभिन्न राजनीतिक दल, ब्यबसायी, पेशाकर्मी,नागरिक समाजका सदस्य छन् । परिषदमा नारायण हरि तिवारी, भानुभक्त अधिकारी, कमला रानाभाट, नेत्र चापागाईं, शम्भु खाती परियार, दिनेश पौडेल, इन्दिरा पौडेल, सौगात पोख्रेल, तोयनाथ लम्साल, लक्ष्मी खाती, बाबुराम अधिकारी, दुर्गा गुरुङ, डन्डपाणि सुवेदी,आरजु बिष्ट सल्यानी, अर्जुन परियार, टीका पान्डे, विकल पौडेल, अमृत खत्री, सञ्जय लामिछाने, रेशम सापकोटा, सुनिल पौडेल, अशोक थापा, राजन कार्की, राजु पौडेल, प्रज्वल शर्मा पङेनी, अमृत सुवेदी गुराँस, रेशम सुनार, कुमार गुरुङ, खुशीमान गुरुङ, सरोज गौतम, खड्ग बहादुर गुरुङ, उदिपराज ढुंगाना कर्ण नेपाली लगायत छन् ।
नयाँ शक्ति, नेपालका सचिवालय सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक देवेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा नयाँ शक्ति, नेपालका केन्द्रीय परिषद सदस्य तथा कास्की संयोजक हेमबहादुर थापा र सञ्चारकर्मी रुद्र भट्टले धारणा राखेका थिए । नयाँ शक्ति नेपाल कास्कीले जिल्लाको ७९ इकाईमा भेला र संगठन बिस्तार गर्ने तथा सदस्यहरुलाइ नयाँ शक्तिका विषयमा प्रशिक्षण दिने लगायत प्रस्ताव पारित गरेको संयोजक हेमबहादुर थापा पराजुलीले जानकारी दिए । पत्रकार सम्मेलन अघि बसेको बैठकमा केन्द्रिय परिषद सदस्य टिकाराम पौडेल, जितबहादुर गुरुङ, देवी प्रसाद सुवेदी, दुर्गा न्यौपाने लगायतले बैठकमा धारणा राखेको संयोजक थापाले जनाए ।

Post a Comment

 
Top