0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखराको आयोजनामा पोखरा उपमहानगरपालिका वडा नं. १५ रामवजार स्थित ज्ञानज्योती पुस्तकालयमा महिला कानूनी साक्षरता सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने महिला हिंसा सम्बन्धीका  अपराधहरुलाई कमी गराई आम नागरिकलाई सचेतनाको विकास गराउने विषयमा उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पोखरा उप–महानगरपालिका वडा नं. १५ रामवजार स्थित लक्ष्मीटोल आमासमूहका पदाधिकारी एवं स्थानीय महिलाहरु सहभागी थिए । केन्द्रका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा लक्ष्मीटोल आमा समूहकी अध्यक्ष प्रेम कुमारी गुरुङ्गले कसैलाई कुटपिट गरेरमात्र हिंसा गरेको नहुने  तन मन र वचनले नराम्रो चिताउनु पनि हिंसाको नराम्रो रुप हुने भएकोले यसमा सबै सचेत रहनु पर्ने जोड दिइन । कार्यक्रममा कानूनी व्यवसायी एंव संस्थाका सहयोग समिति सदस्य शिव पौडेलले सम्पत्ति अंशवण्डा, कानूनी व्यवसायीहरु दिलमाया भुजेलले घरेलुहिंसा र भुवन पराजुलीले लेनदेन व्यवहार विषयका कानूनी व्यवस्थाहरुमा बारेमा जानकारी गराएका थिए ।  कार्यक्रमका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले अपराध न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रमका साथै पिछडिएका वर्गलाई माथि उठाउन सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव धर्मदत्त आचार्यले पनि बोलेका थिए ।





Post a Comment

 
Top