0
गोल्डेन न्यूज संवाददाता
पोखरामा आयोजना गर्न लागिएको पेप्सी मःम मेलाका लागि १० लाख डल्ला मःम तयार पारिने भएको छ। मेलाका दर्शकका लागि लक्षितगर्दै रेष्टुरेण्टहरुले विभिन्न २५ प्रकारका १० लाख डल्ला मःम तयार पार्ने कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए।      मेलामा पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, विग, ओमन, माछा, ससेज, आइसक्रिम र चकलेट लगायतका मःमको स्वाद लिन पाईने छ। आर इभेण्ट ट्रेनर नेपालले फेण्डसिप युथ क्लव र आएफसी फेसन कलेजको सहकार्यमा मेला गर्न लागेको हो। मेला फागुन ६ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुदैछ। मेलालाई लक्षितगर्दै ५५ हजार रुपैयाँ खर्च गरेर एउटा मःम समेत बनाईसकिएको छ। सो मःम महोत्सव स्थलमा प्रदर्शनका लागि राखिने छ। यसपटक मेलालाई पेप्सीले मुख्य प्रायोजन गर्ने भएको छ। पेप्सीले मुख्य प्रायोजन गर्ने विषयमा आयोजक ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङ र बरुण बेभरेज नेपालका मार्केटिङ डेभलप्मेन्ट म्यानेजर शुशील तुलाधरवीच हस्ताक्षर भएको छ। त्यस्तै मेलाभित्रको अर्काे महत्वपूर्ण कार्यक्रम फेसन वीकको प्रायोजन भने अशाही वियरले गर्ने भएको छ। फेसन वीकमा आईएफसी फेसन कलेजका ४० जना डिजाईनरहरुले तयार पारेका ड्रेसहरुलाई चर्चित मोडलहरुले प्रस्तुत गर्ने अर्थ संयोजक पुजन कोइरालाले जानकारी दिईन्। मेलामा एक सय बढि स्टल रहने छन्। स्टल मध्य २० स्टल मःमका मात्र रहने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायिक प्रायोजनका रहने छन्। स्टल बुकिङ अन्तिम चरणमा पुगेको छ। मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट, फेशन वीक र डिजे सेसन आकर्षणका रुपमा रहने प्रचार संयोजक ज्योती क्षत्रीले बताईन्। मेला सम्पन्न गर्न ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ। मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्वनका लागि अन्र्तराष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने बताइएको छ। यसअघि ट्रेनर नेपालले पतञ्जली योग शिविर, मिस पोखरा क्वीन, मेगा मोडल पोखरा, नेपथ्य व्याण्डको लाइभ कन्सर्ट र दशै महोत्सव जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ।

Post a Comment

 
Top