0
गोल्डेन न्यूज संवाददाता
विग आइकनको यो सिजन अन्तर्गत उत्कृष्ट ८ सम्म आएकी सबैभन्दा कान्छी प्रतियोगी ममता गुरुङ मंगलबार प्रतियोगिताबाट बाहिरिएकी छन् । ममता बाहिरिएसँगै मंगलबार उत्कृष्ट ७ प्रतिस्पर्धीले अघिल्लो चरणका लागि प्रस्तुती दिए । उत्कृष्ट १० पछि प्रतियोगीहरु अगाडि बढ्नका लागि निर्णायकको मतसँगै स्रोताले गरेको एसएमएस भोटिङको पनि हात रहन्छ । मंगलबार प्रतियोगिताबाट बाहिरिँदै गर्दा ममताले विग आइकनले आफुलाई संगीतसम्बन्धि धेरै ज्ञान दिएको बताईन् । ‘मेरो लागि अझै थुप्रै समय बाँकी छ । र, मैले सानै उमेरमा पनि यति राम्रो प्लेटफर्म पाएर यहाँ सम्म  आईपुगे, त्यहि नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’ पहिलोपटक गायन रियालिटि शोमा भाग लिएर उत्कृष्ट ८ सम्म पुगेकी ममता आगामी दिनमा पनि संगीतमै लाग्ने प्रतिबद्धता जनाईन् । परिवार र विद्यालयबाट समेत संगीतमा लाग्न निकै सहयोग रहेकोले संगीतप्रति आफ्नो चाहना अझै बढेको उनले बताईन् । अझै विग आइकनले संगीतमै भविष्य देख्न सिकाएको उनको भनाई थियो । ममता १३ वर्षकी भईन् ।
उत्कृष्ट ८ प्रतिस्पर्धीमध्ये ममता बाहिरिएपछि प्रमिला बराल, अनु गुरुङ, अम्बिका पुन, कमल केसी, साजन आले, सृष्टि गुरुङ र सौगात गुरुङ फाईलका लागि भिडिरहेका छन् । उत्कृष्ट ७ प्रतिस्पर्धीहरुमध्ये शुक्रबार हुने अर्को चरणको अडिसनमा एक जना बाहिरिने एफएमले जनाएको छ । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ ।
एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।
 छैटौं बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।



Post a Comment

 
Top