0
नेपाली काँग्रेसको असन्न १३ औं महाधिवेसनको पहिलो चरण सम्पन्न भएको छ । गाउँदेखि नगर निर्वाचनको पहिलो चरणको निर्वाचनलाइ हेर्दा शीर्ष तहका नेतादेखि सामान्य सम्मले गाउँमा पुगेर निर्वाचित भएपछि मात्र क्षेत्र र जिल्लामा जाने अभ्यास निकै लोकतान्त्रिक देखिएको छ । तर । सांसद भएका र समानुपातिक सभासदमा नाम उल्लेख भएकाहरुले चुनावमा जान नपर्नुले केही आशंका भने जन्माएको छ । ठूलो र सानो नभनीकन सबैले एउटै तहको निर्वाचन पार गरेर आउन पाउने अभियानलाइ लोकतन्त्रको पहिलो अभ्यासको रुपमा लिन सकिन्छ । वडा तहमै पुग्दा पनि दलित, जनजाती, महिला, अल्पसंख्यक लगायतले उचित स्थान पाउने विधान बनाएर कांग्रेसले लोकतान्त्रिक अभ्यास र मूल्यमान्यतालाई अंगिकार गरेको देखिन्छ । पार्टीको रुपमा कांग्रेसले प्रजातन्त्र र लोकतन्त्रलाइ स्वीकारेको पनि हो, आजसम्म उसको सिद्धान्तमा लोकतन्त्र पर्यायवाची जस्तै हुँदै आएको पनि छ । तर नेता तहमा त्यो अभ्यास भएको देखिएको छैन । किनकी जति उपल्लो तहको नेता बन्दै जान्छन्, त्यति कांग्रेसमा एकाधिकारवादी, व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको पाइन्छ । किनकी उपल्लो तहमा पुग्नासाथ जनताको साथलाइ छोड्ने, संस्थाको नीति र निर्णयलाइ कुल्चने लगायतको काममा उद्दत देखिन्छ । किनकी आफ्नो स्वार्थमा विधान र नीति नियमलाइ व्याख्या गरेर आफ्नो स्वार्थको लागिनै कार्यकर्तालाइ पनि परिचालन गर्ने संस्कृतिको विकास भएको देखिन्छ । महाधिवेसनको तयारी स्वरुप शुरु भएको गाउँ अधिवेशनलाइ मात्र केलाएर हेर्नेहो भनेपनि केन्द्रीय तहमा देखिएका संस्थापन पक्ष र देउवा पक्षका को कति प्रतिनिधि आए भन्नेमा अधिवेशन केन्द्रित छ । कास्कीको अधिवेशनलाई मात्र उदाहरण मान्ने हो गाविस नगर र नगरका वडाहरुको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जिल्लाको महत्वपूर्ण जिम्मेवारीमा रहेको नाम चलेका नेताहरु वडामै पराजित भएका छन् । कास्की कांग्रेस अधिवेशनको तयारीमा जुटिरहँदा धेरैले नेतृत्वमा दावी गरेका छन् । यसअघि १७ वर्ष नेतृत्व गरेका व्यक्ति पनि फेरि नेतृत्वका लागि चुनाव लड्ने चर्चा व्यापक छ । त्यस्ता व्यक्तिले चुनाव लड्न र नेतृत्व गर्न नपाउने भन्ने होइन तर युवा र नयाँलाई नेतृत्व हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने व्यक्तिले फेरि पनि पदकै आकांक्षा गर्नु पदलोलुपता नै हो । कास्की कांग्रेसमा नेतृत्व  गर्न सक्ने एक सय एक छन् । तर त्यसलाई बेवास्ता गर्दै फेरि पनि उही पुरानै नेता र पदमा रहँदाका अवस्थामा व्यापक पदको दुरुपयोग गरेका हरुलाई फेरि स्थान मौका दिने हो भने नेपाली कांग्रेसको भविष्य अन्यौलमै रहनेछ । कास्की कांग्रेसका नेता तथा कार्यकर्ताहरुले के बुझ्न जरुरी छ भने २०६३ को संविधानसभा निर्वाचनमा कसले के भूमिका खेल्यो अनि पार्टीले कस्तो अवस्था भोग्नुप¥यो ? त्यसको मूल्याङ्कन अब गर्नु जरुरी छ । कास्की कांग्रेसका नेता तथा कार्यकर्ताहरु पुराना, वद्नामी कमाएका, पार्टीको भविष्यलाई नै अन्यौलग्रस्त बनाएका र भातृ संगठनमा खेलेर ध्वस्त बनाएकाहरुको पछि नलागी  पार्टीलाई सशक्त ढङ्गले अघि बढाउन सक्ने युवा र जुझारु व्यक्तित्वलाई अबको नेतृत्व सुम्पनु पर्दछ । अबको क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनबाट कुशल नेतृत्व छनौट गर्ने र दक्ष र युवा पुस्तामा दललाइ हस्तान्तरण गर्ने अभियानमा कास्की कांग्रेसका जुझारु नेता तथा क्रियाशिल सदस्यहरु अघि बढ्न जरुरी छ । होइन भने अबको नेतृत्वमा पनि उनी यसअघि बद्नामी कमाएका व्यक्तिले पार्टी चलाउने र एक दिन पार्टीलाई नै ध्वस्त बनाउन सक्नेप्रति सचेत हुनुपर्दछ । यो रवैयालाई कार्यकर्ताले बुझन नसके काँग्रेसको आस्थामा आँच आउन सक्छ, नेतृत्व र कार्यकर्ताले यो बुझ्न जरुरी छ ।

Post a Comment

 
Top