0
हरि पन्त
पोखरा ४ फाल्गुन ।
 लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालको तेस्रो क्याविनेट मिटिङ थाइल्याण्डको फुकेटमा हुने भएको छ । आगामी ८ गते शनिबार हुने मिटिङमा नेपालबाट क्याविनेट पदाधिकारी तथा क्लवमा आवद्ध करिब ४ सय सदस्यहरु सहभागी हुने बताइन्छ । उक्त मिटिङलाई सफलतापूर्वक सम्पन्न गर्न डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा सहितका पदाधिकारीहरुले तयारीलाई तीव्र बनाउनुका साथै अन्तिम चरणमा पु¥याएका छन् । मिटिङका लागि डिष्ट्रिक्ट गभर्नर ध्रव थापाको नेतृत्वमा क्लवका पदाधिकारी एवं सदस्यहरु शुक्रबार थाइल्याड प्रस्थान गर्दैछन् । थाइल्याण्डमा हुने क्याविनेट मिटिङमा विश्वको लायनवाद, नेपालमा लायन्सको विकास र नेपालको पछिल्लो राजनीतिक अवस्था र विकासका बारेमा छलफल गरिने डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सेक्रेटरी आचार्यका अनुसार नेपालमा गत वैशाख १२ गतेको महाभूकम्पले पु¥याएको क्षतिका बारेमा जानकारी गराउन र नेपालको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउन थाइल्याण्डमा क्याविनेट मिटिङ राखिएको हो । मिटिङमा थाइल्याण्ड फुकेटका स्थानीय लायन्स क्लवहरुलाई समेत सहभागी गराइ लायन्स गतिविधिका साथै नेपालको पर्यटन प्रवद्र्धनका बारेमा गहन छलफल हुने आचार्यले बताए  । 
यसैबीच लायन्स क्लव डिष्ट्रिक्ट ३२५ बी १ नेपालको आगामी महाधिवेशन पोखरामा हुने भएको छ । वैशाख ४ गते हुने महाधिवेशनले नयाँ भावी नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशन सम्पन्न गर्नका लागि १५७ सदस्यीय तयारी समिति समेत गठन गरिएको बताइन्छ । महाधिवेशनमा लायन्स क्लव अफ पोखरा सेती गण्डकी र गोल्डेन चौतारीले संयोजन गर्ने भएको डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्यले बताए । महाधिवेशनले पोखराको पर्यटन प्रवद्र्धन र पोखरालाई लायन्स नगरी बनाउन थप टेवा पु¥याउने लक्ष्य डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाको लक्ष्य छ । गभर्नर थापाका अनुसार आगामी महाधिवेशनमा डिष्ट्रिक्टमा आवद्ध करिब ३ हजार सदस्यहरु सहभागी हुनेछन् । 
लायन्सको नीति अनुसार महाधिवेशनले डिष्ट्रिक्ट गभर्नर, भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर निर्वाचित गर्ने छ । डिष्ट्रिक्ट  सेक्रेटरी, कोषाध्यक्ष लगायतका पदाधिकारी भने निर्वाचित डिष्ट्रिक्ट गभर्नरले मनोनित गर्ने व्यवस्था लायन्सको नियमावलीमा छ । 
यसैबीच नेपालमा क्रियाशील लायन्सका चारवटै डिष्ट्रिक्टको जमघट अर्थात लायन्स फेलोशिप हालै चितवनको सौराहामा सम्पन्न भयो । लायनहरुबीच आपसी भाइचारा विस्तार गर्ने मुख्य उद्देश्य अनुरुप विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा आयोजित म्युजिकल चियर प्रतियोगितामा करिब ३० जनालाई पछि पार्दै कास्कीकी निषा कोइरालाले बाजी मारिन् । यस्तै डोरी तान्ने खेल (पुरुष लायन)को फाइनलमा डिष्ट्रिक्ट ए १ लाई पराजित गरि बी २ विजयी भएको थियो भने हाजिरी जवाफ प्रतियोगितामा पनि बी २ ले नै बाजी मार्न सफल भयो । प्रतियोगितामा ए १ ले द्वितीय र बी १ ले तृतीय स्थान हासिल गर्न सफल भयो । यस्तै फुटवल र भलिवलमा पनि ए २ क्लव नै विजयी भयो । फुटवलमा बी १ ले द्वितीय स्थान हासिल गर्न सफल भयो । फुटवल खेलमा बी १ का तर्फबाट डिष्ट्रिक्ट गभर्नर धु्रव थापा, भाइस डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, कोषाध्यक्ष प्रजापति बाँस्तोला, मिडिया संयोजक सुदीपराज ढुङ्गाना लगायत सहभागी थिए ।  त्यस अघि लायन्स क्लव अफ ३२५ ए १ र ए २ को क्याविनेट मिटिङ सौराहामा नै सम्पन्न भएको थियो ।
यसैबीच लायन्स क्लव अन्तर्राष्ट्रियका निवर्तमान अध्यक्ष जो पिस्टन मंगलबार पोखरा आइपुगेका छन् । गत वैशाख १२ गतेको महाभूकम्पले नेपालमा पु¥याएको क्षति र लायन्सले संचालन गरेको गतिविधि बारे अनुगमन गर्न उनी सोमबार नेपाल आएका थिए । पोखरामा उनले डिष्ट्रिक्ट ३२५ बी १ ले संचालन गरेका कार्यक्रमहरु अवलोकन गर्नुका साथै आवश्यक प्रतिवद्धता र निर्देशन दिएर शुक्रबार स्वदेश फर्कंदै छन् । उनलाई पोखरामा लायन्सका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, मल्टिपल काउन्सिल चियर पर्सन रमेश अग्रवाल, पिएमसीसी गिरीधारी शर्मा, प्रेमबहादुर श्रेष्ठ, डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा लगायतले स्वागत गरेका थिए ।  

Post a Comment

 
Top