0
गोल्डेन न्यूज संवाददाता
एमाले नेताहरुले आफ्नै दलका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन्। संविधान कार्यान्वयन, राष्ट्र र पाटी निर्माण विषयमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले सरकारको आलोचना गरेका हुन्। नेताले नीति चिन्दैनन्। कता जाने हो थाहा छैन,’ कार्यक्रममा बोल्दै एमाले उपमहासचिव घनश्याम भुसालले भने, ‘त्यहींबाट निस्कन्छ हावाबाट विजुली।’ उनले प्रधानमन्त्री ओलीले घर घरमा ग्यासको पाइप जोड्ने र हावाबाट विजुली निकाल्ने भन्दै दिएको सार्वजनिक अभिव्यक्तिप्रति चर्को आलोचना गरेका हुन्। भुसालले नेपालमा दलहरु भ्रष्ट हुन थालेको भन्दै सबै राजनीतिक दलको चरित्रको पनि आलोचना गरे। ‘दलाल पूँजीपति वर्गले देशलाई खोक्रो बनाउँदैछ। त्यो वर्गसँग पैसा छ, उसको पैसाले पैसा जन्माउँछ। उसको पैसाले रोजगारी र उत्पादन जन्माउँदैन,’ उनले भने भने। उनले सम्पूर्ण राज्य प्रणाली दलाल बर्गले चलाउन थालेको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिमा पनि प्रश्न उठाए। ‘लोकमानसिंहले पार्टी किने अनि पार्टीले लोकमानसिंह किन्ने भयो, उनले भने।’ उनले भारतले नेपालमा औपनिवेशिक नीतिका कारण संविधान कार्यन्वयनमा समस्या आएको उल्लेख गरे। ‘पूँजीपति बर्गको पकडमा रहेको भारतीय राज्यसत्ताले नेपालको श्रोतसाधन माथि आँखा गाडेको छ। अरुको शोषण नगरी धनि बनिन्न भन्ने उपनिवेशिक शिक्षा पाएको भारतले यहाँ लोकतान्त्रिक संविधानको निर्माण र कार्यन्वयन हुन नदिन प्रपन्च रचेको छ,’ उनले भने,–‘त्यही कारणले भारतले नाकावन्दी गर्यो। पार्टी नेतृ रामकुमार झाँक्रीले प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवै चलाउने तरिकाको चर्को आलोचना गरिन्। ‘घरघरमा पाइपबाट ग्यास वितरण गर्ने र हावाबाट विजुली ल्याउने हाम्रै पार्टी नेतृत्वको सरकारले ल्याएको योजना हो भने किन यस सम्वन्धमा पार्टीमा कसैसँग छलफल गरिएन?,’ उनले भनिन, ‘हामी सपनाको ब्यापार गर्दैछौं कि काम गर्दैछौं ?पार्टी नेता लालबाबु पण्डितले इमान्दार भएर देशप्रति समर्पित हुने हो भने कसैसँग डराउनु नपर्ने र कसैको प्रभावमा पर्ने बाध्याता नहुने बताए। ‘हिजो मलाई एक पत्रकारले प्रश्न गरे–मसँग कति विदेशीले भेट्छन् भनेर?  मैले उत्तर दिएँ, ’मसँग स्वदेशीले भेट्छन्, विदेशी डराउँछन। ’ उनले भने, ‘इमान्दार हुनुस्। दिल्लीसँग नडराउनुस्, पटनासँग नडराउनुस्, लैनचौरसँग नडराउनुस्।’

Post a Comment

 
Top