0
गोल्डेन न्यूज संवाददाता
दक्षिण एशियाली खेलकुद गेम्स (साग) मा सहभागि हुने पोखराका खेल पत्रकार सन्देश श्रेष्ठलाइ बुधबार पोखरामा बिदाई गरिएको छ । रेडियो अन्नपूर्णमा कार्यरत श्रेष्ठलाई रेडियोले उनको यात्रा सहितको कामना गर्दै बिदाई गरेको हो । उनलाई रेडियोका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले खादा लगाइ सागमा आफ्नो उपस्थिति भएको महसूस हुने गरी समाचार संकलन गर्न आग्रह गरे । साग गेम्स ६ फेब्रुअरीबाट भारतको गुवाटीमा सुरु हुदैछ । उक्त अवसरमा रेडियोका समाचार संयोजक आरजु विष्ट शल्यानीले मोफसलबाट सहभागि हुन लागेका श्रेष्ठको साग यात्राको सफलताको कामना गरे । खेलकुद पत्रकार मञ्च कास्कीका कार्यवाहक अध्यक्ष समेत रहेका श्रेष्ठलाई मञ्च कास्कीका सचिव एवं रेडियोकर्मी दिननाथ बरालले कास्की क्षेत्रबाट एक जना कोटा मध्य उनलाई मञ्चले छनौट गरी सागमा सहभागी हुने अवसर प्रदान गरेकोले सागमा देखिएका राम्रा तथा नराम्रा पक्षहरलाइ बाहिर ल्याउन आग्रह गरे । उक्त अवसरमा पप गायक भाष्करध्वज श्रेष्ठ, संचारकर्मी संजय मल्ल, रेडियोकर्मी माधवप्रसाद बराल, अगन्धर सुवेदी, रविभुषण पराजुली लगायतले खादा तथा वुकि प्रदान गरी श्रेष्ठको साग यात्रा सफलताको कामना गरेका हुन । सागमा सहभागी हुन नेपाल खेलकुद पत्रकार मञ्चमा आवद्ध २४ जना खेल पत्रकार मध्ये मोफसलबाट एक जनालाइ मात्र अवसर दिएकोले आफूले पाएको अवसरलाई सहि ढंगले जिम्मेवार वहन गर्ने पत्रकार श्रेष्ठले बताए ।

Post a Comment

 
Top