0
गोल्डेन न्यूज संवाददाता
कास्कीका चारै निर्वाचन क्षेत्रका क्षेत्रीय अधिवेशन तीन महिनाभित्र गर्दै संगठनलाई सुदृढिकरण अभियानमा लागेको युवा संघ नेपाल क्षेत्र नम्वर १ को तेस्रो क्षेत्रीय अधिवेशन फागुन १ गते शनिबार हुने भएको छ । अधिवेशनको तयारी पुरा भएको युवा संघ क्षेत्र नम्वर एकले जनाएको छ । अधिवेशनको उद्घाटन एमाले नेता एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले गर्ने छन् । लेखनाथका १५ वडा  र १५ गाविसका गरि २ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागीता रहने युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए । अधिवेशनले आगामी दुई वर्षका लागी नयाँ नेतृत्व चयन गर्ने छ । क्षेत्रीय अध्यक्षका लागी सम्मेलन आयोजक समिति सचिव राजु अधिकारी र कोषाध्यक्ष रामचन्द्र तिमिल्सिना वीच प्रतिस्पर्धा हुने भएको छ । दुवै जना आप्mनो पक्षमा समर्थन जुटाउन लागेका छन् ।  



Post a Comment

 
Top