0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस घान्द्रुक गाउँ कार्यसमितिका सभापति ललित गुरुङलाई पितृशोक परेको छ । उनका पिता सुवेदार बुद्धिबहादुर गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार निधन भएको थियो । घान्द्रकु गाविस वडा नं.९ छोम्रोङ स्थायी घर भई हाल पोखरा–१० रामघाटमा बस्दै आएका ८६ वार्षीय गुरुङ भारतीय सेनामा सेवा निवृत्त भइ झण्डै ३५ वर्षदेखि पर्यटन र सामाजिक क्षेत्रमा क्रियाशील थिए। उनले संचालन गरेको नमस्ते होटल घान्द्रुकको झिनुमा चलिरहेको छ । यस बाहेक छाम्रोङ पनि गुरुङको हिमालयन भ्यू होटल संचालनमा छ । घान्द्रुकमा रहँदा व्यवसाय र सामाजिक क्षेत्रलाई अंगाल्दै आएका गुरुङ पोखरामा बस्दा घान्द्रुक समाजको अध्यक्ष भएर काम समेत गरेका थिए । उनी १ वर्ष अघिदेखि बिरामी परेका थिए । उनका ४ छोरा १ छोरी र श्रीमती छन् । जसमध्ये जेठा छोरा धनमानले अहिले पनि बुबाको होटल व्यवसाय हेरिरहेका छन् भने माइला गोलमान पोखराको जिरो किमिमा बस्दै आएका छन् । साइँला जगनप्रसाद हङकङमा बस्दै आएको छने भने कान्छा ललित भने केही वर्षदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् । पोखरामा युवाहरुमो माझमा राम्रो प्रभाव जमाउन सफल गुरुङ विभिन्न दलका नेता, सुरक्षा तथा प्रशासनिक अधिकारीसंग पनि त्यत्तिकै निकट छन् । यसैबीच स्व.गुरुङको पार्थिव शरीरमा विहीबार नै गुरुङ परंम्परा अनुसार वौद्ध अर्र्घौं सदनमा अन्त्येष्टी गरियो । उक्त अवसरमा गुरुङका आफन्तहरु, नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु, पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

Post a Comment

 
Top