0
नेपाली कांग्रेसमा एउटै जिल्लामा धेरै केन्द्रिय नेताहरु भएकाले त्यहाँको जिल्ला निर्वाचन पेचिलो हुने देखिएको छ । उनीहरुहका आ–आफ्नै व्यक्तिगत स्वार्थका कारण फरक फरक व्यक्तिलाई जिल्ला नेतृत्वमा ल्याउन चाहने भएकाले जिल्ला निर्वाचन पेचिलो बन्ने देखिएको हो । गाउ नगर अधिवेशन र क्षेत्रिय अधिवेशनमा पनि नेताहरुको स्वार्थ बाझिदा त्यस्तो अवस्था देखिएको थियो । विशेषगरी आठ जिल्लामा जिल्ला निर्वाचन ज्यादै पेचिलो हुनेछ । मोरङ–कांग्रेसको उदगम थलो मोरङमा अहिलेको केन्द्रिय समितिमा आधा दर्जन बढी केन्द्रिय सदस्य छन् । स्थायी रुपमा नै सस्थापन र बरिष्ठ नेता शेरबहादुर देउवा गरी दुई गुट रहेको कांग्रेसमा मोरङबाट प्रतिनिधित्व गर्दै केन्द्रमा पुगेका सबै नेता सस्थापनमा रहे पनि फरक फरक स्वार्थ राखेका छन् । प्रायः सबैले जिल्लाको नेतृत्वका लागि फरक फरक उम्मेदवार खडा गरेका छन् । त्यहाबाट केन्द्रिय समितिमा आमोदप्रसाद उपाध्याय, सुजाता कोइराला, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आचाार्य र कविताकुमारी सरदार बातर केन्द्रिय सदस्य छन् । ती मध्य सुजाता, डा. शेखर र महेशले १३औं महाधिवेशनबाट पदाधिकारीमा आकाक्षा राखेर आफ्नो प्रचार तीव्र पारिरहेका छन् । आफ्नो जिल्लाबाट आफ्नो पक्षको नेतृत्व ल्याएमा महाधिवेशन प्रतिनिधिलाई कन्भिन्स गरिदेला भन्ने उनीहरुको दाउ छ । मोरङमा नौ निर्वाचन क्षेत्र भएकाले एक सय ८ महाधिवेशन प्रतिनिधि आउँछन् ।

काठमाडौं–मोरङ पछि दोस्रो जिल्ला निर्वाचन पेचिलो हुने जिल्ला काठमाडौं हो । मुलुकको राजधानी र धेरै निर्वाचन क्षेत्र भएकाले महाधिवेशन प्रतिनिधि पनि धेरै हुने भएकाले यहाँ नेताहरु आफ्नो पक्षमा माहोल बनाउन लागिरहेका छन् । काठमाडौंलाई केन्द्र बनाएर राजनीति गर्ने केन्द्रमा ४ जना छन् । त्यसमा महामन्त्री प्रकाशमा न सिंह समेत छन् । उनी बाहेक अहिलेको केन्द्रिय समितिमा नविन्द्रराज जोशी, नरहरि आचार्य र यूवा नेता गगन थापा सदस्य छन् । काठमाडौंमा १० निर्वाचन क्षेत्र भएकाले एक सय २० महाधिवेशन प्रतिनिधि चुनिन्छन् । त्यो बाहेक महाधिवेशन पनि काठमाडौंमा हुने र महाधिवेशनको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौ सभापतिलाई हुने भएकाले नेताहरुले आफ्नो मान्छेलाई सभापति बनाउन मरिहत्ते गरेर लागिरहेका छन् । धनुषा–केन्द्रिय नेताको आ आफ्नै स्वार्थका कारण जिल्ला निर्वाचन पेचिलो हुने तेस्रो जिल्ला हो धनुषा । त्यहाँ ५ केन्द्रिय सदस्य छन् । मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादव, जसले राष्ट्रपति हुनु अघि त्यहीबाट कांग्रेसको राजनीति गर्थे, र उनको विपरित ध्रुवमा रहेर विमलेन्द्र निधिले राजनीति गर्छन्, यसले त्यहाँको निर्वाचन सधै पेचिलो बन्ने गर्छ । अहिलेको केन्द्रिय समितिमा धनुषाबाट ५ जना केन्द्रिय सदस्य छन् । यो महाधिवेशनबाट पूर्व राष्टपति डा. यादव आफ्ना छोरा प्रा.डा. चन्द्रमोहन यादवलाई केन्द्रिय सदस्य बनाएर राजनीतिमा स्थापित गराउन चाहिरहेका छन् । त्यसले जिल्ला नेतृत्व चयनमा फरक फरक स्वार्थ जोडिने स्पष्ट छ । बर्तमान केन्द्रिय समितिमा धनुषाका निधि, महेन्द्र यादव, आनन्दप्रसाद ढुंगाना, मिनाक्षी झा र लिला कोइराला सदस्य छन् । नेताहरुका आ आफ्नै स्वार्थ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधका कारण त्यहाँ इकाई अधिवेशनसम्म पनि हुन सकेको छैन् । तनँहु –पार्टी उपसभापति रामचन्द्र पौडेलसहितका केन्द्रिय नेताहरु भएको जिल्ला हो तनँहु । तनँहुमा पौडेलसहितका केन्द्रिय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र प्रदीप पौडेल छन् । सम्पन्न भइसकेको गाँउ र नगर तथा क्षेत्रिय अधिवेशनमा उपसभापति पौडेलको विरुद्ध भण्डारी भट्टराई र पौडेलले गठजोड गरेपछि तनहु क्षेत्र नं एक बाट सभापतिका आकाक्षी पौडेल बढारिएका छन् । गठजोडलाई कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले समेत साथ दिएपछि पौडेललाई समस्या परेको हो । अहिलेका पार्टी सभापति ध्रुव वाग्लेपनि पौडेलको विरुद्धमा नै लागेपछि समस्या देखिएको त्यहाका एक नेताले बताए । तनहुको क्षेत्र नं दुई जुन पौडेलको निर्वाचन क्षेत्र हो, त्यहा पनि पौडेलको एकलौटी हुन सकेन । क्षेत्र नं तीनमा गठजोडको नै बाहुल्यता रहयो । दाङ –कांग्रेसभित्रको आन्तरिक राजनीतिमा व्यावक राजनीति हुने अर्को जिल्ला हो दाङ । त्यहा सस्थापन, बरिष्ठ नेता शेरबहादुर देउवा र नेता खुमबहादुर खड्का पक्षबीच प्रतिष्पर्धा हुने गर्छ । अहिले भएको गाउ नगर र क्षेत्रीय अधिवेशनमा खड्का प्यानलले बाजी मारेको छ । तीन केन्द्रिय सदस्य र ८ सांसद रहेको दाङमा खड्काको विरुद्धमा लागेकाहरुले आफ्नो साख जोगाउन हम्मेहम्मे भएको नेताहरुले बताउछन् । दाङबाट कांग्रेस केन्द्रिय समितिमा खड्का सहित दिपक गिरी र पार्वती डिसी चौधरी केन्द्रिय सदस्य छन् । २०७० को संविधानसभा निर्वाचनमा दाङका पाचै निर्वाचन क्षेत्रमा कांग्रेसले जितेको थियो । पार्टीभित्रको आन्तरिक राजनीतिमा सधैजसो खड्का हावी हुने दाङमा अहिलेको अधिवेशनमा पनि त्यस्तै देखियो । जसका कारण उनी विरुद्ध राजनीति गरिरहेकाहरु बढारिएका छन् । केन्द्रमा नेता देउवासंग नजिक रहेका खड्काका कारण दाङमा देउवा पक्षीय नेताहरुले पनि केहि मात्रामा स्थान पाएका छन् ।
नुवाकोट –कांग्रेसको आन्तरिक राजनीतिमा दुई परिवारको लडाई हुने भनेर चिनिने जिल्ला हो नुवाकोट । त्यहाँ रामशरण महत र अर्जुन नरसिंह केसी परिवारबीच पार्टीमा कसले कव्जा जमाउने भन्ने प्रतिष्पर्धा हुन्छ । केन्द्रमा दुबै नेता सस्थापन भएपनि जिल्लामा महत र केसी गुट भन्ने देखिन्छ । अहिलेको कांग्रेस चुनावमा महत परिवारले बाजी मार्ने सम्भावना रहेको छ । यसअघि भने केसी परिवारले बाजी मार्दै आएको थियो । नुवाकोटबाट डा.रामशरण महत, अर्जुननरसिंह केसी र डा.प्रकाशसरण महत कांग्रेस केन्द्रिय समितिमा छन् । तीन निर्वाचन क्षेत्र रहेको नुवाकोटमा सबैमा कांग्रेसले जितेको छ । शुक्रबार भएको क्षेत्रीय अधिवेशनमा नुवाकोट क्षेत्र नं एकमा र तीनमा महत बलिया देखिए भने क्षेत्र नं दुईमा महतले नै क्लिनस्वीप गरेको नेताहरु बताउछन् । यसले जिल्लामा रहेर राजनीति गर्नेलाई प्रभावित पार्ने बताइन्छ । झापा –झापामा पनि कांग्रेसको आन्तरिक राजनीति कडै हुन्छ । १२ औं महाधिवेशनमा खुल्लातर्फका २५ सिटमध्य १५ औं नम्वरमा केन्द्रिय सदस्य जितेर पनि सभापतिको सिफारिसमा केन्द्रिय समितिबाट स्वीकृत गराएर महामन्त्री बन्न सफल कृष्णप्रसाद सिटौला तथा केन्द्रिय समितिमा केशककुमार बुढाथोकी र उशा गुरुङ सदस्य रहेको झापामा युवा नेता विश्वप्रकाश शर्माले पनि राम्रै पकड राख्छन् । पहिला सबै स्थापनमा रहेपनि सिटौलाको हेपाई सहन नसकेपछि शर्मा र बुढाथोकी अहिले देउवा पक्षमा पुगेका छन् । जसका कारण झापामा पनि सस्थापन कमजोर भएको बताइन्छ । यसले जिल्लामा राजनीति गर्नेलाई कतातिर लाग्ने भन्ने अन्यौल रहेको बताइन्छ ।
सिरहा –१२ औं महाधिवेशनमा सिरहाबाट केन्द्रको कोषाध्यक्षमा दुई जना लगेका थिए । त्यसमा बाजी मारिन् चित्रलेखा यादवले । पराजय व्यहोरे पदमनारायण चौधरीले । केन्द्रमा गुट हेर्ने हो भने यादव देउवा र चौधरी सस्थापनमा छन् । उनीहरु एक अर्कामा कसले प्रभाव जमाउने भन्नेमा होडवाजी चल्दा जिल्ला स्तरको राजनीति गर्ने समस्यामा पर्ने गर्छन् । यी बाहेक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, सहमहामन्त्री पूर्णबहादुर खड्काका गृह जिल्लामा पनि कांग्रेसको आन्तरिम राजनीति राम्रैसंग चल्ने गर्छ । तर, केन्द्रमा पुगेका एक अर्कालाई टक्कर दिने नेताहरु नभएकाले दह्रो प्रतिष्पर्धा भएको पाइन्न ।
साभार ः रातोपाटी

Post a Comment

 
Top