0
भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोश्रो दिन नेपालले ६ पदक जितेको छ । नेपालले आइतबार २ रजत र ४ कास्य जितेको हो । आइतबार नेपालले उससु तर्फको थाउलोमा २ रजत, भारत्तोलन, कुस्ती, स्विमिङ्ग र टेबलटेनिसमा १÷१ कश्य जित्दै नेपालको पदक संख्या ९ पु¥याएको हो । तेश्रो दिनसम्मको खेल सकिंदा भारत २७ स्वर्ण, १२ रजत र ३ काश्यसहित कुल ४२ पदक सहित पदक तालिकाको अग्र स्थानमा कायमै छ । श्रीलंका ८ स्वर्ण, १७ रजत र १२ काश्यसहित ३७ पदकसहित दोश्रो, पाकिस्तान २ स्वर्ण, ४ रजत र ७ काश्य गरी कुल १३ पदकसहित अंक तालिकाको तेश्रो, बंगलादेश २ स्वर्ण, २ रजत र १३ काश्यस गरी कुल १७ पदक सहित चौथो स्थानमा छ । त्यस्तै, नेपाल ३ रजत र ६ कास्य गरी कुल ९ पदकसहित अंक तालिकाको पाचौं र अफ्गानिस्तान १ रजत र ३ काश्यगरी कुल ४ पदकसहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ । माल्दिभ्स र भुटानले अझैसम्म पनि खाता खोल्न सकेका छैनन् ।
तेश्रो दिन नेपाललाई दुई रजत
नेपालले आइतबार दोश्रो दिन उसुतर्फको थाउलोमा २ काश्य पदक जितेको छ । सिलोङ्गमा भएको खेलमा सुस्मिता तामाङ्ग र बिजय सिञ्जालीले रजत पदक जितेका हुन् । रजत पदक बिजेता सुस्मिताले ८ दशमलव ८२ अंक प्राप्त गर्दै पदक जितेकी थिईन् । सो स्पर्धामा श्रीलंकाले स्वर्ण र भारतले काश्य पदक जित्यो । अर्को खेलमा बिजयले ८ दशमलव ८० अंक प्राप्त गर्दै रजत पदक जिते । सो स्पर्धामा भारतले स्वर्ण पदक जित्यो भने पाकिस्तानले काश्य पदक जित्यो । यी दुबै स्पर्धामा नेपालले स्वर्णको आशा गरेको थियो । जुनुमाया, गौरीका र रामबहादुरले जिते काश्य नेपालले आइतबार ४ काश्य पदक जितेको छ । आइतबार स्विमिङ्ग, कुस्ती, भारत्तोलन र टेबलटेनिसमा नेपालले एक÷एक काश्यपदक जितेको हो । नेपालकी जुनुमाया छन्त्यालले भारत्तोलनतर्फ ६३ केजी तौल समूहमा काश्य पदक जितेकी हुन् । उनले स्न्याचतर्फ ५५ केजी र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरी कुल १३० केजी उठाउँदै काश्यपदक जितेकी हुन् । सो स्पर्धामा बंगलादेशले स्वर्ण र श्रीलंकाले रजत पदक जित्यो ।
त्यस्तै, कुस्तीमा रामबहादुर यादवले काश्य पदक जिते । प्mाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग भएको प्रतिष्पर्धामा पराजित उनले काश्य पदक हात पारे । स्वीमिङ्गमा नेपालकी गौरीका सिंहले काश्य पदक जितिन् । एनले २ सय मिटर व्याक स्ट्रोकमा ऐतिहासिक पदक दिलाएकी हुन् । टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले काश्य पदक जित्यो । 
फुटवलमा सुखद् शुरुवात
सागमा नेपालले पुरुष फुटवलमा पनि सुखद सुरुवात गरकेो छ । आइतबार भएको खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकको मद्धतमा नेपालले भुटानलाई ५÷० को फराकिलो अन्तरले हराउँदै बिजयी सुरुवात गरेको हो ।
नेपालका लागि नवयुग श्रेष्ठ ले ह्याट्रिक गरे । उनले ३६, ७६ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । खेलको ४५ औं मिनेटमा विशाल राईले र अञ्जन विष्टले ५१ औं मिनेटमा गोल गरेका थिए । नेपालले ११ तारिखमा बंलादेशसंग प्रतिस्पर्धा गर्दै छ । यसैगरी महिला फुटवलमा पनि नेपालले दोश्रो सफलता पाएको छ । सिलोङमा आइतबार भएको खेलमा मालदिभ्सलाई २÷० ले हराउँदै नेपाले दोश्रो जित हात पारेको हो । नेपालको जितमा क्याप्टेन अनु लामा र निरु थापाले गोल गरे । अनुले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले सावित्रा भण्डारीको पासमा उत्कृष्ट गोल गरेकी हुन् । माल्दिभ्स बिरुद्ध एकतर्फी दवाब दिएको नेपालले ८९ औं मिनेटमा अनुको गोलसँगै जित सुनिश्चित ग¥यो । विपक्षीको मिसपासमा पाएको गोल गर्ने अवसर उनले सहजै सदुपयोग गरिन् । 
स्रोत ः सन्देश श्रेष्ठ



Post a Comment

 
Top