0
गोल्डेन न्यूज संवाददाता
पोखरा १९ माघ ।
पोखरा उपमहानगरपालिका वडा नं. ३, तेर्सापट्टीमा रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिकोत्सव कार्यक्रम मंगलबार सम्पन्न भयो । २०५६ सालमा स्थापित शुभेच्छाले प्रत्येक माघ १९ गते वार्षिकोत्सव मनाउँदै आएको छ । वार्षिकोत्सवको अवसर पारि संस्थाले विन्ध्यवासिनी मन्दिर धार्मिक विकास समितिद्वारा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाकी अध्यक्ष विना लोहनी तामाङले विन्ध्यवासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिका हेमराज रेग्मीलाई उक्तरकम हस्तान्तरण गरेकी थिइन ।  कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार हरि पाठकले शुभेच्छा सहकारीले सर्वसाधारण नागरिकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।  संस्थाकी अध्यक्ष विना लोहनी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पं. मोक्षनाथ तिमिल्सिना, सचिव नरेन्द्रकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष दीपेन्द्रराज रेग्मी, पृथ्वीनारायण क्याम्पसका प्रा.डा. दिलबहादुर क्षेत्री लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा संस्थापक शेयर सदस्य गोपालप्रसाद पालिखेलाई सम्मान गरिएको थियो ।
२ करोड ६० लाख ६९ हजार शेर पुँजी रहेको शुभेच्छा सहकारीले १७ करोड ८८ लाख ७४ हजार ६७३ रुपैयाँ निक्षेप संकलन र १७ करोड २२ लाख ४६ हजार ८३६ रुपैयाँ कर्जा प्रवाह गरेको सहकारीका प्रवन्धक देवेन्द्र धितालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार संस्थामा १ हजार ९१ शेयर सदस्य रहेकोमा ४११ जना महिला र ६८० जना पुरुष रहेका छन् ।
हामी सबैको इच्छा, घरघरमा शुभेच्छा भन्ने मूल नाराका साथ संचालित संस्थाले संस्थामा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर वृद्धिमा टेवा पु¥याउँदै हाम्रो र राम्रो सहकारी संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । यस्तै समाजमा छरिएर रहेका स–साना निस्क्रिय पुँजीलाई एकीतृत गर्दै सदस्यहरुलाई आत्मनिर्भर बनाउन बचत गर्ने बानीको विकास गर्ने, रोजगारमूलक तथा शिपमूलक तालिम दिइ आत्मनिर्भर बनाइ बेरोजगारीलाई न्युनिकरण गर्ने समेत संस्थाको लक्ष्य रहेको छ ।
२०६५ सालदेखि आफ्नै भवनमा संचालित सहकारीले विभिन्न बचत योजना संचालन गरेको छ । जसमध्ये साधारण बचत, ऐच्छिक बचत, एकल महिला बचत, ज्येष्ठ नागरिक बचत, शुभेच्छा विशेष बचतका साथै आवधिक बचत अन्तर्गत अनिवार्य बचत, भविष्यनीधि बचत, क्रमिक मद्धति बचत, बाल, शैक्षिक बचत र ६ महिनादेखि ३ वर्ष सम्मको मद्धति बचत योजना रहेका छन् ।
यसैगरी संस्थाले विपन्न वर्ग, औद्योगिक, कृषि, व्यापार, सेवा व्यवसाय तथा हायर पर्चेज, भवन निर्माण तथा आवास, जग्गा खरिद, शैक्षिक, व्यक्तिगत, सामाजिक, वैदेशिक र सदस्य धन जमानीमा कर्जा प्रवाह गर्दै आएको छ । शुभेच्छा सहकारीबाट प्रभु मनि ट्रान्सफर र नविल रेमिटको सेवा समेत प्राप्त गर्न सकिने बताइन्छ ।  

Post a Comment

 
Top