0
गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्की शाखाको १२औं साधारणभा शुक्रबार सम्पन्न भयो । साधारणसभाले विभिन्न आठ बुँदे प्रस्ताव पारित गरेको छ। साधारणसभाले संविधानको कार्यान्वयन गरि प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन, दलहरुलाई दबाब दिँदै प्रेसको तर्फबाट आफ्नो दायित्व निर्वाह गर्ने प्रण गर्ने भएको छ । श्रमजीवी पत्रकार एवं कार्यान्वयन गर्ने माग गर्दै साधारणसभाले सञ्चार नीति उच्चस्तरीय कार्यदलले स्थानीय तहका पत्रकारहरुसँग छलफल गरी व्यवहारिक नीति बनाउन साधारणसभाबाट आग्रह गरिएको छ । मुलुक संघीयतामा गइसके पनि व्यवहारिक रुपमा संघीयताको अनुभूति गर्न नपाएको सन्दर्भमा सञ्चार क्षेत्रमा तदअनुकूलको नीति, कार्यक्रम र योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन सरोकारवाला सँग नेपाल पत्रकार महासंघ कास्की र संस्थामा आवद्ध पत्रकारहरुले माग गरेको छ । पत्रकारमाथि हुने गरेका आक्रमण, घम्की र हरकतहरु बन्द गरी डररहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन सरोकारवाला सबैसँग मागका साथै पोखराको समृद्धिका लागि पूर्वाधारको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल सुरु गर्ने महासंघ कास्की शाखाले आग्रह गरेको छ । पत्रकार महासंघको भवन निर्माणमा पत्रकार, स्थानीय सरकार, सरकारी निकाय, संघ–संस्था र राजनीतिक दल एवं नागरिकले पु¥याएको सहयोगप्रति आभार प्रकट गर्दै भवनलाई पत्रकारको पेसगत क्षमता अभिवृद्धि, सञ्चार क्षेत्रको संस्थागत सवलीकरण गर्ने प्रतिवद्धता जनाउँदै महासंघले कास्की शाखाका पूर्व अध्यक्ष माधव शर्मा राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार विज्ञमा नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । यसअघि साधारणसभा तथा लक्ष्मी कक्षको शुक्रबार पोखरामा उद्घाटन गर्दै नेपाल सरकारका गृह मन्त्री शक्ति बहादुर बस्नेतले सुशासन विना देशको आर्थिक विकास असम्भव बताए । मन्त्री बस्नेतले देश नयाँ राष्ट्रिय कार्यभार बनाउने अभियान जुटेका वेला सुशासन बिना देशको आर्थिक विकास गराउन नसकिने बताए । मुलुक अब राजनीतिकको दोश्रो चरणमा पुगेको भन्दै उनले मुलुकमा समृद्धि र शान्ति स्थापना गर्न पनि जारी भएको संविधानलाई कार्यान्वयनमा ल्याउनु मुख्य अवसर र चुनौती उत्तिकै रहेको स्पष्ट पारे । नयाँ संविधान बनेपछि मुलुक आर्थिक समृद्धि, शान्ति र सुशासन तर्पm उन्मुख हुनुपर्नेमा अझै पनि समस्यामा रुमलिनु परेकोले गर्दा आर्थिक विकास तीव्र गतिमा हुन नसकेको उनले बताए । उनले भने–‘संविधान सहमतिको एक गतिशील दस्तावेज हो, यो अति लचकदार हुन्छ, संविधानमा रहेका असहमतिका वस्तुलाई संविधानले नै समेट्न सक्छ ।’ साढे ६ दशकपछि देशले राजनीतिक परिवर्तन गरेको भन्दैै उनले सुशासन र आर्थिक संबृद्धिको लागि कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । अबको पत्रकार जगत पनि समय अनुसार परिवर्तन हँुदै आर्थिक मुद्धालाई केन्द्रमा राखेर आलोचनता र रचनात्मक ढंगले अघि बढ्न उनले आग्रह गरे । मन्त्री वस्नेतले महासंघ कास्की शाखाले प्रकाशित गरेको स्मारिकाको समेत विमोचन गरे । स्याङ्जा जिल्लाको जिल्ला परिषदको उद्घाटन गर्न पोखरा आएका मन्त्री बस्नेतले महासंघको साधारण सभामा सहभागी भएका हुन् । करिब दुई करोडको लगानीका हालै सम्पन्न भएको महासंघको पक्की भवनमा वहुउद्देश्यीय हल बनाउनका लागि लक्ष्मी हाउसले १६ लाख सहयोग गरेको थियो । कार्यक्रममा पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले महासंघको भवन निर्माणमा उपमहानगरपालिकाबाट करिब ४० लाख सहयोग गरेको बताए । उनले पत्रकारको हकहितका लागि थप सहयोग गर्ने बताउँदै पत्रकारिता स्वच्छ र मर्यादित ढंगले गर्न आग्रह गरे । लक्ष्मी हाउसका अध्यक्ष गणेश वहादुर श्रेष्ठले महासंघको प्रस्तावलाई आफूहरुको नाम रहने गरी हल संचालन हुने भएकोले सहर्ष स्वीकार गरेको बताए । उनले सूचनाको महत्व झन् भन्दा झन् बढ्दै गएकोले नयाँ प्रविधिसंग समेत पत्रकारहरुले सामना गर्नुपर्ने बताए । कार्यक्रममा कार्यक्रममा अग्रज पत्रकारहरु बद्रिविनोद प्रतिक, कृष्णप्रसाद बाँस्तोला, गंगाधर पराजुली, पुण्य पौडेल, पत्रकार महासघका केन्द्रीय सदस्यहरु सुष्मा पौडेल, रुद्र भटट, प्रेस युनियनका केन्द्ीय उपाध्यक्ष रमेश पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य ऋर्षिकान्त पौडेल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल लगायतले पत्रकारहरुको बारेमा बोलेका थिए । कार्यक्रममा बोल्ने अग्रज पत्रकारहरुले पत्रकारको सुरक्षा, सवलीकरण सुदृढिकरण, बृद्धि विकासका बारेमा जिम्मेवार बन्न सुझाव दिएका थिए। पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष रामप्रसाद तिमिल्सिना र संचालन सचिव त्रिभुवन पौडेलले गरेका थिए ।




Post a Comment

 
Top