0
भारतमा जारी १२औंैं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको पदक संख्या १३ पुगेको छ । तेश्रो दिनको खेल सकिदासम्म नेपालले १ स्वर्ण, ४ रजत र ८ कास्यसहित कुल १३ पदक जित्दै पदक तालिकाको पाचौं स्थानमा कायमै छ । नेपालले मंगलबार चौथो दिन उसुमा एक स्वर्ण, एक रजत, स्विमिङ्गमा र व्याडमिन्टनमा एक÷एक कास्य जित्यो । जारी प्रतियोगितामा भारत ४८ स्वर्ण, १८ रजत र ६ कास्यसहित कुल ७२ पदक जित्दै पदक तालिकाको पहिलो स्थानमा यथावत छ । 
त्यस्तै, श्रीलंका ११ स्वर्ण, २७ रजत र २३ कास्यसहित कुल ६१ पदक जित्दै दोश्रो, पाकिस्तान ४ स्वर्ण ११ रजत र १४ कास्यसहित कुल २९ पदक जित्दै तेश्रो, बंगलादेश ३ स्वर्ण, ५ रजत र १९ कास्यसहित कुल २७ पदक जित्दै चौथो, अफ्गानिस्थान २ रजत र ५ कास्यसहित कुल ७ पदकसहित कुल १४ पदक जित्दै पदक तालिकाको छैटौं स्थानमा र मालदिभ्स १ कास्यसहित पदक तालिकाको पुछारमा रहेको छ । भुटानले भने चौथो दिनको खेल सकिंदासम्म खाता खोल्न सकेको छैन ।
 नेपाललाई पहिलो स्वर्ण
एसियाली खेलकुद अन्तर्गत मंगलबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ । प्रतियोगिता शुरु भएको पाचौं दिनमा मंगलबार नेपालले स्वर्ण पदक जितेको हो । नेपालका लागि उसुतर्फको नान्ताओउतर्फ निमा घर्तीमगरले स्वर्ण पदक दिलाएकी हुन् । हिजो भएको पहिलो चरणमा उनले ८.४५ र मंगलबार भएको दोश्रो चरणमा ८.४६ कुल १६.९१ अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्छिन् भने उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागिता हो । 
स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकोमा आफूलाई एकदमै गर्व लागेको बताइन् । उनले यो पदक गुरु, स्कुलका शिक्षक, अभिभावक र सम्पूर्ण नेपालीप्रति समर्पण गर्ने बताइन् । उनले भनिन्, ‘एसएलसी नजिक आइरहँदा पनि मलाई मेरो अभिभावक र स्कुलले खेल खेल्ने वातावरण बनाइदियो, अनि गुरुले सँधै प्रशिक्षण र प्रेरणा, जसले मलाई यो पदक दिलायो ।’ यो स्पर्धामा भारतले रजत र पाकिस्तानले कास्य पदक प्राप्त ग¥यो । 
यस्तै, उसुको नानकुन तर्फ पनि मंगलबार एक रजत पदक प्राप्त गरेको छ । मंगलबार भएको प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् । उनले पहिलो चरणमा ८.८८ र मंगलबार भएको दोश्रो चरणमा ९.२१ सहित कुल १८.१३ अंक प्राप्त गर्दै रजत पदक दिलाएका हुन् । मंगलबारको प्रतिष्पर्धामा सबैभन्दा धेरै अंक प्राप्त गरेपनि हिजोको प्रतिष्पर्धामा केही अंक कम भएकाले मंगलबार रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०.७ अंकले अघि रहेको भारतले स्वर्ण पदक जित्यो ।
स्विमिङ्गमा दोश्रो कास्य
सागमा गौरीका सिंहले स्विमिङ्गतर्फ दोश्रो कास्य पदक दिलाएकी छिन् । ११ दक्षिण एसियाली खेलकुदसम्म व्यक्तिगत स्पर्धामा एक पदकसम्म जित्न नसकेको नेपालका लागि गौरीकाले एकै प्रतियोगितामा दुइ कास्य पदक दिलाएकी हुन् । उनले मंगलबार भएको एक सय मिटर व्याक स्ट्रोकमा उनले नेसनल रेकर्ड समेत तोड्दै पदक जितेकी हुन् । उनले निर्धारित एक सय मिटर एक मिनेट ०७ दशमलव ३१ सकेण्डमा पार गरिन् । यसअघि उनकै नाममा १ मिनेट ०८ दशमलव १२ सकेण्डको नेसनल रेकर्ड थियो । मंगलबारै भएको स्विमिङ्ग ४ सय मिटरमा शिशिर गुरुङले पदक प्राप्त नगरेपनि नेसनल रेकर्ड बनाए । उनले ५ मिनेट ०९ दशमलव ४९ सेकेण्डमा उक्त दुरी पार गर्दै नयाँ रेकर्ड बनाएका हुन् । 
व्याडमिन्टनमा पनि कास्य
नेपालले व्याडमिन्टनमा पनि कास्य पदक जितेको छ । व्याडमिन्टनको टिम इभेन्ट प्रतिष्पर्धामा श्रीलंकासँग हारेपनि नेपालले कास्य पदक प्राप्त गरेको हो । सिलोङमा मंगलबार भएको व्याडमिन्टनमा सेमीफाइनल हार्ने दुबै टिमलाई कास्य पदक दिने गरिन्छ । मंगलबारको सेमीफाइनल प्रतिष्पर्धामा नेपाल श्रीलंकासँग ३÷० को सोझो सेटमा पराजित भयो । नेपालकी सारादेवी तामाङ श्रीलंकाकी काविन्दी, नङ्सल तामाङ थिलिनीसँग र पुनः सारादेवी काविन्दीसँग पराजित भएपछि अन्य दुइ जना प्रतिष्पर्धीले प्रतिष्पर्धा नगरीकनै श्रीलंका फाइनलमा प्रवेश ग¥यो। यसअघि नेपालले क्वाटरफाइनलमा अफ्गानिस्तान लाई ३÷० को सोझो सेटमै पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । 
निमालाई छात्रवृत्ति दिने
 सागमा नेपालका लागि पहिलो स्वर्ण पदक जित्ने निमा घर्ती मगरलाई काठमाडौंको गोल्डेनगेट इन्टरनेसनल कलेजले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । नेपाल ओलम्पिक कमिटीका प्रथम उपाध्यक्ष समेत रहेका गोल्डेनगेट कलेजका बोर्ड अफ डाइरेक्टर पुरेन्द्रविक्रम लाखेले छात्रवृत्ति दिने घोषणा गरेका हुन् । सागमा सहभागी हुन सिलोङ आएका उनले निमालाई कक्षा ११ र १२ मा उनले पढ्न चाहेको विषयमा पढाउने घोषणा गर्दै भने, ‘म उनलाई जे पढ्न चाहन्छिन् त्यही पढाउँछु, यस्तो प्रतिभालाई पढाउने अवसर पाएँ भने म र मेरो कलेज गौरवान्वित हुनेछौं ।’ कक्षा ११ र १२ मा अध्ययनरत गर्न सो कलेजमा करीब २ लाख ५० हजार रुपैयाँ लाग्ने उनले बताए ।
 भmरना र जुनी फाइनलमा
उसु तर्फ झरना गुरुङ र जुनी राई फाइनलमा प्रवेश गरेका छन् । झरना ५२ केजी तौल समूहमा र जुनी ६० केजी तौल समूहमा फाइनलमा प्रवेश गरेका हुन् । फाइनल प्रवेश गरेका दुबैले कम्तिमा रजत पदक पक्का गरेका छन् । सिलोङ्गमा मंगलबार उसु तर्फ भएको ६२ केजी तौल समूहमा पोखरेली चेली झरनाले अफ्गानिस्तानकी जमिरा इब्राहिमलाई पराजित गर्दैै फाइनलको यात्रा तय गरिन् । उनले स्वर्ण पदकका लागि भोलि प्रतिष्पर्धा गर्नेछिन् । त्यस्तै, मंगलबारै भएको ६० केजी तौल समूहमा जुनीले पाकिस्तानकी रुक्सना हनिफलाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरिन् । डोल्पा घर भइ काठमाडौं बस्ने उनले पनि भोलि स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्नेछिन् ।
स्रोत ः सन्देश श्रेष्ठ



Post a Comment

 
Top