0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रगंशालामा जारी बलराम केसी स्मृति रेडबुल जिल्लास्तीय लिग फुटवल प्रतियोगिता अन्तर्गत बुधबार चार खेल सम्पन्न भएका छन् । आइतबार सम्पन्न पहिलो खेलमा सत्य युबा क्लबले नयाँगाँउ युवा क्लबलाई ४–१ को जित निकाल्दै क्वाटरफाइनल को यात्रा पक्का गरेको छ । सत्यको जितमा क्षितिज रन्जितले एक र गोविन गुरुङले दुई गोल गरे भने नयाँगाँउका लागि एक गोल सुदिप गुरुङले गरे । दोस्रो खेलमा ड्यामसाइड क्लबले आर्दश क्लब भण्डाढिकलाई १–० गोलको कठिन जित निकाल्दै विजी भयो । प्रतिस्पर्धात्मक खेलमा ड्यामसाइडका लागि सिन्केमान तामाङले निर्णायक गोल गरे । तेस्रो खेलमा नागढुङगा युवा क्लबले ढिकुरपोखरी युवा सञ्जाललाई ६–२ गोलको फराकिलो अन्र्तरले पाखा लगायो । नागढुङगाको जितमा सफल थापा र अजिज मियाँले ३÷३ गोल गर्दै ह्याट्रिक गरे । भने ढिकुरपोखरीका लागि रविन्द्र कुवँरले २ गोल गरे पनि जितका लागि पर्याप्त भएन । चौथो खेलमा संगम फुटबल क्लबले हेम्जा युनाईटेडलाई ३–२ गोलले पाखा लगाउँदै क्वाटरफाइनल यात्रा सुनिश्चित गरेको छ । संगमको जितमा विश्व अधिकारी, विमल राना र अन्जन देवकोटाले एक÷एक गोल गर्दा हेम्जाका लागि एक मात्र गोल विकास कुवँरले गरे ।  प्रतियोगिता अन्तर्गत बिहीबार सहारा विरुद्ध एलजी, गार्डेन विरुद्ध भ्याली, इन्द्रेणी विरुद्ध विष्णुपादुका र नवआर्दश विरुद्ध डेविड फल्स खेल्ने छन् ।



Post a Comment

 
Top