0
यतिबेला जाडोको समय हो । बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ। जाडोयाममा विभिन्न किसिमका समस्या देखिन्छ । जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । तर, केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै रोगहरूबाट सहजै बच्न सकिन्छ । विशेष गरेर जाडोको मौसममा मानिसलाई विभिन्न किसिमका रोग देखापर्दछन् । चिकित्सकको भनाइ अनुसार, जाडोमा अपर र लोअर रेस्पिरेटरी ट्राक्ट ईन्फेक्सनू हुनेगर्दछ । जुन मानिसको शरीरको शास फेर्ने नलिदेखि तल र माथिको भागमा लाग्ने रोग । नली अर्थात् घाँटीदेखि माथि लाग्ने रोगमा साधारणतया पिनास, घाँटीको इन्फेक्सन र रुघाखोकी पर्दछन् । घाँटीदेखि तल लाग्ने रोगहरूमा खासगरी छातीको इन्फेक्सन, बुढाबुढीलाई दम, बालबालिकालाई निमोनिया तथा रोटा भाइरसका कारण हुने झाडापखाला हुन् । यसबाहेक छाला चिलाउने, फुट्ने, कत्ला देखिने जस्ता समस्या देखिने गर्दछन । जाडोको समयमा बढी जटिल रोग भने श्वासप्रश्वाससम्बन्धी समस्या पनि हो । यो निकै जटिल र खतरायुक्त हुनसक्छ । जसमा दम रोग निकै संबेदनशील देखिएको छ ।
कार्बनमोनोअक्साइड पोइजनिङ स् यो जाडोयाममा खास गरि आफ्नो लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु हाम्रो वरपर सामान्य कुरा हो । तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावा नछिर्ने गरि ढामढुम पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइड भन्ने ग्याँसको मात्र बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरिरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ । जाडोको समयमा विशेष गरेर मानिसमा जटिल स्वास्थ्य समस्या किन देखिन्छ त । चिकित्सकका अनसार, सामान्यतया मानिसको शरीरले ३७ डिग्री तापक्रम मेन्टेनू गरिराखेको हुन्छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको सूचना तथा चिकित्सकको भनाइमा मानिसको शरीरमा एक्कासी तापक्रम घट्न गएमा त्यसलाई थेग्न नसकि कठयाग्रिएर मानिस मर्ने हो । जाडोको समयमा बुढा, बालबालिका तथा अशक्तले चिसो धान्न नसकेर समस्या आउने हो र कहिलेकाहीँ कतिपयको मृत्यु हुने गर्दछ । मुख्यतया चिसोबाट लाग्ने केही रोग र यसबाट बच्न गरिने उपायहरु यहाँ प्रस्तुत गरिएको छ ः 
बाथ रोग ः समस्या समाधान
मानिसमा लाग्ने कतिपय रोगको प्रत्यक्ष सम्बन्ध मौसमसँग पनि हुन्छ । बाथ रोग यसको प्रमुख उदाहरण हो । बाथ दुःखाईसँग सम्बन्धित रोग हो । सबै उमेर समूहका व्यक्तिलाई जुनसुकै समयमा पनि बाथ हुनसक्ने भए पनि जाडोको समयमा यसको असर र दुखाई निकै बढी हुन्छ ।  बाथ आफैंमा चाहिँ चिसोबाट हुने रोग होइन । यो शरीरका भित्री भागबाटै उत्पत्ति हुने अटो इम्युनो रोग हो । यसले शरीरको प्रतिरोधात्मक क्षमतामा असर गर्छ । बाथले उत्पादन गर्ने एन्टिवडीले शरीरको बाहिरी र भित्री भागमा क्षति गर्छ । बाथ रोग बच्चा, युवा र बृद्ध जो सुकैलाई पनि जुनसुकै समयमा पनि हुन सक्छ । कतिपयलाई वंशाणुगत कारणले, केहीलाई विभिन्न संक्रामक रोगका कारणले र केहीलाई भने मेटावोलिक डिसअर्डरबाट पनि बाथ हुन्छ । 
नेपालमा सामान्यतयाः हड्डी खाने बाथ रूम्याटिक अर्थाइटिस, कम्मरको हड्डीहरुमा हुने बाथ, तथा हड्डीको घनत्व कम गर्ने बाथका समस्या बढी पाइने गरेका छन् । बाथ रोग पुरुषमा भन्दा महिलामा बढी देखिने गर्दछ । महिलाको उमेर ४० वर्ष भन्दा माथि कटेपछि, महिनावारी सुकिसकेपछि र पाठेघरको शल्यक्रिया गर्नुपर्दा बाथको जोखिम बढी हुन्छ । कतिपय अवस्थामा बाथ भिटामिन डीको कमीले पनि हुने गर्छ । कतिपय अवस्थामा जन्मेको बच्चादेखि १५ वर्ष मुनिका बालबालिकामा पनि यो समस्या देखिन्छ । बाथबारे हामी समयमै सचेत भएनौ भने बाथको प्रकारअनुसार शरीर कुँजिने तथा भित्री अंगलाई बिस्तारै असर गरेर मृत्यु हुने सम्भावना पनि हुन्छ । पुरुषको तुलनामा महिलामा  यसको जोखिम बढी हुने गर्छ । शरीरमा औंला दुख्ने, सुन्निने, जाम भए जस्तै कक्रक्क हुने, बस्दा, उठ्दा, हिँड्दा गाह्रो हुने, भारी हुनेजस्ता लक्षण देखा पर्छन् ।  लक्षण र असर अनुसार बाथ धेरै किसिमका हुन्छन् । केही त्यस्ता वाथ छन् जसलाई चिकित्सकहरूले नराम्रो समूहमा राखेका छन् । यस्ता बाथका लक्षणमा छाला कसिलो हुँदै गएर दुख्ने, नाक चराको जस्तो चुच्चो हुँदै जाने, मुख खोल्न गाह्रो हुने, शरीरमा सेतो डाम फैलिँदै जाने हुन्छ । यस्ता वाथ पनि मौसम परिवर्तनसँगै बढ्ने र घट्ने सम्भावना हुन्छ । तर समग्रमा बाथका रोगीले जाडोयाममा बढी कष्ट पाउने गरेका छन् । यसले गर्दा  बिरामीको पीडा तथा शारीरिक कष्ट बढ्दै जान्छ । जाडोयाममा हातको रौं परिवर्तन हुने, चिसो पानीमा राख्दा सेतो, निलो हुँदै रातो भएर आउने, औंला दुख्ने लक्षणहरु देखिँदै जान्छन् । जाडोयाममा यस्ता समस्या झनै बढ्ने गर्छन् । बाथले फोक्सोमा नराम्रो असर ग¥यो भने यो मौसममा श्वासप्रश्वासमा समस्या भई प्राणघातक हुन सक्छ । जाडोयाममा वाथका रोगीले बिशेष सावधानी अपनाई रहनसहन, खानपिन तथा दैनिक जीवन शैलीप्रति सचेत हुनु जरुरी हुन्छ । 
बाथ रोगमा हुने यूरिक एसिडलाई साधारण बाथ रोग भनेर बुझ्ने गरिन्छ । यो सयौंमध्ये एक बाथ रोग हो । जुन खाने कुरासँग सम्बन्धित हुन्छ र शरीरमा यूरीक एसिडको मात्रा बढेर बाथको जन्मिन्छ । प्रोटिनयुक्त खाना बढी, अल्कोहल, पेय पदार्थ, रातो मासु बढी खाने गरेमा यूरीक एसिडबाट हुने बाथ बढ्ने सम्भावना हुन्छ । शरीरभित्रकै समस्याबाट उत्पत्ति हुने बाथलाई समयमै पहिचान गर्न सकेमा यसबाट सक्दो बचाउन र कति बाथ निर्मूल पनि गर्न सकिन्छ ।  बाथको उपचार गर्नुभन्दा अगाडि बिरामीलाई कुन किसिमको बाथ भएको हो परीक्षण गरेर उपचार गरिन्छ । उपचारपूर्व बिरामीलाई रोगबारे साधारण परामर्श दिइ के÷के कुरामा ध्यान दिनुपर्ने हो पूर्णरुपमा जानकारी गराएर उपचार शुरु गरिन्छ । उपचारबाट शरीर कुँजिन, दुखाइ कम गर्न तथा बाथको कारण बिगँ्रदै जाने शरीरका भित्री अंगलाई बचाएर उपचार गरिन्छ । 
बाथको असरबाट बँच्नकालागि खानेकुरामा बिशेष ध्यान दिनु पर्छ । जीवनशैली परिवर्तन गर्ने, मोटोपन कम गर्ने र जाडो र वर्षायाममा बिशेष र फरक–फरक सावधानी अपनाउने गर्नुपर्छ । बाथको बिषयमा अहिले पनि नेपाली समाजमा अन्धविश्वास कायमै छ । रोग एकातिर भए पनि बिरामीको उपचारका लागि धाँमीझाँक्री तथा सामाजिक औषधितर्फ पनि लागेको पाइन्छ । यस्ता कुरातिर नलागी समयमै बाथको पहिचान गरी सम्बन्धित बिशेषज्ञसँग सल्लाह लिएर उपचार गर्नु उपयुक्त हुन्छ ।
दम रोग र उपचार ः दम गराउने कुरा शहरमा जम्मा घर संख्या, खाली जग्गा, घरको अनुपात, घरहरुको घनत्व साथै व्यक्ति, कोठाको अनुपात र शहरको जनघनत्व साथै व्यक्तिको भीडमा र भित्री शहरमा बिताएको समयमा भर पर्छ । वातावरण प्रदूषणको प्रमुख कारण डिजल र पेट्रोलबाट चल्ने सवारी साधन हुन् ।
पिचभन्दा धुलो उड्ने सडक, नयाँ भन्दा पुरानो, पेट्रोलभन्दा डिजल, साना भन्दा ठूला, खालीभन्दा लोडेड र सरासरी भन्दा रोकी–रोकी हिँड्ने गाडीहरुले वातावरण बढी प्रदूषित गर्छन् । ग्याँस र बिजुलीबाट चल्ने साधनले धुवा नगण्य फाले पनि साधनका ब्रेक लाइनिङ र टायर खिइँदा प्रशस्त धुलो फैलिन्छ जसमा फोहरको धुलो, नाइट्रोजन डाइअक्साइड बेन्जीन, कार्बन मोनोअक्साइड, ओजन, लीड तथा ब्ल्याक सुट धुवाँ प्रमुख एलर्जी गराउने तत्व हुन् । हावामा उडिरहने र तैरिरहने गाडीको धुवाँ र टायर तथा ब्रेक खिइएर निस्कने धुलो (पार्टोकुलेट मैटर २.५ (१०) बेन्जीन र कार्बन मोनोअक्साइड 
(०.१ पार्टोकुलेट मैटर) समूहका धुलो वर्षायाममा आकाशको पानीसँगै माटोमा पुग्छन् भने अन्य मौसम खासगरी जाडोमा हावामै बढी समय रहने साथै चिसो हावाले फोक्सो प्रभावित गर्ने हुँदा वर्षाभन्दा जाडोमा र पालुवा लाग्ने मौसममा फूलको परागले दम खोकी बढी गराउँछ । उपरोक्त प्रदूषणले दम खोकीबाहेक फोक्सोको क्यान्सर, गर्भवती महिलालाई प्रभाव पारेर बच्चा समयभन्दा चाँडो जन्मने र कम तौल हुने, दम खोकीले फोक्सो र पछि गएर मुटु पनि फेल हुने स्थिति सिर्जना हुन्छ ।
दमखोकी कसरी चिन्ने ?
खोकी, खकार, दम फुल्ने, फोक्सोको सास लिने क्षमतामा कमी हुने लक्षणअनुसार दमखोकीको बिरामीहरुलाई चार भागमा विभाजन गर्न सकिन्छ ।
दमखोकीले छुन लागेको अवस्था सास नफुल्ने, उक्सासो नआउने तर धेरै समयदेखि साधारण खोकी खकार भएको । साधारण अवस्थाको साविकको भन्दा बढ्दा, काम गर्दा वा नरोकिइकन दुई तल्ला लिस्नु (भरेङ) चढ्दा सास फुल्ने (उक्सासो आउने) ६ मिनेटको जाँच–२०० मिटरभन्दा बढी ।
मध्यम अवस्थाको साविकको काम गर्दा पनि सास फुल्ने ६ मिनेटको जाँच– १००–२०० मिटर । कडा अवस्थाको बसेको, साधारण अवस्थामा पनि सास फुल्ने, ६ मिनेटको जाँच– १०० मिटरभन्दा कम । दमखोकी भन्नाले श्वास मार्गमा सञ्चालन हुने हावाको मात्रामा कमी आउनु हो । यो फोक्सोको श्वास मार्गहरुमा आउने रुकावटको कारण हुन्छ । यो रोग विस्तारै बढ्दै जाने भएकाले पनि एलर्जी वा अन्य प्रकारका दमभन्दा निको हुने सम्भावना धेरै कम हुन्छ । यसको मुख्य कारण धुवाँ र धुम्रपान हो ।
स्रोत ः सेतो परेवा डटकम

जाडोमा चिसोबाट बच्न यी ९ चिज अवश्य खानुहोस्

१. सर्वोत्तम पीठो (अन्न तथा गेडागुडीको पीठो)  ः विभिन्न किसिमका अन्नहरु जस्तै चामल, गहुँ, जौ मकै, कोदो, फापर, भट्मास, लगायतका  विभिन्न अन्नहरुलाई एकै ठाउँमा मिलाएर त्यसको पिठो तथा रोटी तयार गरी खानाले शरीरलाई चाहिने धेरै खालका पोषक तत्वहरु म्याग्नेसियम, क्याल्सियम, म्याग्नेज, ट्रिप्टोफेन, फाइबर, भिटामीन–बि, आण्टिआक्सीड आदि प्रसस्त मात्रामा प्राप्त हुन्छ । जसले स्वास्थ्य मजबूत बनाउँछ । 
२. हाडे बदाम ः बदाम कयौं गुणले भरीपूर्ण हुन्छ । यसको नियमित सेवनले अनेक खालका रोगहरुबाट बचाउँछ । बदामको सेवनले स्मरण शक्ति पनि बढाउँछ । यसको सेवनले कब्जियतबाट पनि बचाउँछ ।  सबैभन्दा बढी यसले चिसोबाट बचाउँछ । यो हाडे बदाम खानाले सुगरका विरामीलाई समेत फाइदा दिन्छ । यसमा भिटामिन इ पाईन्छ ।
३. अदुवा ः जानेर या नजानेरै मानिसहरू अदुवालाई विभिन्न रुपमा सेवन गर्छन् । कसैले चियामा हालेर खान्छन कसैले सुठो बनाएर  अझै भनौ हामीले विहान बेलुका खाने तरकारीमा त अनिवार्य नै राखने गरिन्छ । जे जसरी खाएपनि यसले शरीरलाई चाहिने पोषक तत्व प्रदान गरेकै हुन्छ । विशेष गरी जाडो मौसममा चिसोको कारणले रुघा खोकी लाग्दा यसको रस वा धुलोलाई तातोपानीमा पकाएर महसँग मिलाएर खानाले फाइदा हुन्छ । 
४.मह ः शरीरलाई स्वस्थ र निरोगी राख्न र पूmर्तिलो बनाई राख्न सहयोग गर्छ । आयुर्वेदमा त महलाई अमृत नै मानिन्छ । त्यसो त मह जुनसुकै मौसममा पनि लाभदायक मानिन्छ । महले विशेष गरी शरीरमा तापक्रको वृद्धि गर्ने र पाचनशक्तिलाई बलियो बनाउने काम गर्छ । 
५.ओमेगा–३ एसिड ःचिसोमा ओमेगा–३ चिल्लो एसिड सबैभन्दा राम्रो खाना हो । यो मुख्यरूपमा माछामा पाइन्छ । चिसोमौसममा माछा खानाले शरीरमा गर्मी पैदा हुन्छ । यसमा जिंकको मात्र प्रशस्त हुन्छ । यसले शरीरमा आन्तरिक शक्ति बढाउँछ र विभिन्न खालका चिसोका कारण हुने रोगहरुलाग्न बाट बचाउँछ ।
६.ज्यादा रसिला फल नखानुहोस् ः ज्यादा रसिला वा गुलियो पदार्थको सेवन कम खाने । यस्ता चिजहरु जस्ले शरीरमा तापक्रमको सट्टा चिसोमात्र बढाउँछ । बरु अमिलो वर्गका फलफूलहरु सेवन गर्नु होस् । जसले चिसोसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछन् । 
७. मुङफली(बदाम) ः १०० ग्राम मुङफलीमा प्रोटीन २५.३ ग्राम, चिल्लो–४०.१, मिनरल–२.४, फाइबर–३.१, कार्वोहाईड्रेड–२६.१, उर्जा–५७६क्यालोरी,क्याल्मियम ९० मिलिग्राम, फस्फोरस ३५० मिलिग्राम, आइरन–२.५ मिलिग्राम लगायत अन्य विभिन्न प्रकारका तत्वहरु पाइन्छ जसले शरीरलाई मजबुत र रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ । तसर्थ चिसो मौसममा मुङफलीको सेवन गर्नुहोस् । 
८. सागसब्जी ः विहान बेलुकाको खानामा हरियो सागसब्जी अनिवार्य सेवन गर्नुहोस् । हरियो साग सब्जीले शरीरमा रोगसँग लड्ने क्षमताको बृद्धि गर्दछ । शरीरमा तामक्रम पैदा गर्दछ । तसर्थ चिसो मौसममा मेथी, गाजर, चुकन्दर, पालुङ्गो, लसुन, बेथुवा जस्ता हरियो साग सब्जीको सेवन गर्नुहोस् यसले पाचनप्रक्रिया पनि सहज तुल्याउँछ । 
९. तिल ः चिसोबाट बच्नको लागि र शरीरलाई उर्जािशल बनाउन तिलबाट बनाईका खानेकुरा र तिलको तेल ले शरीरलाई मालिश गर्नाले चिसो बाट बचाउँछ । तिल र मिश्रको काँडापानीले रुघा खोकी र छातीमा जमेको कफ बाहिर निस्कन्छ । कारण यसमा विभिन्न खालका पोषकतत्व जस्तै प्रोटिन क्याल्सियम, कार्बोहाईड्रेट आदि प्रशस्त मात्रामा पाइन्छ । प्राचीन समयमा शरीरलाई सुन्दर बनाउन पनि यसको प्रयोग गरिन्थ्यो ।








Post a Comment

 
Top