0
गोल्डेन न्यूज संवाददाता
बगर भाइखलकद्वारा आयोजित पांचौ एसओएस भेट्रान फुटवलको तेश्रो दिन सात खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा मित्र युवा क्लव भेट्रान काठमाडौंले ४–० गोल अन्तरले वीरगन्ज युथ भेट्रान एकेडेमीलाई पराजित ग¥यो । खेलमा मित्र युवा क्लवको तर्फबाट जर्सी नम्बर १० का खेलाडी चेत नारायण श्रेष्ठले ह्याट्रिक तीन गोल गरे भने जर्सी नम्बर ११ का कल्याण खड्गीले एक गोल गरे । खेलमा चेतनारायण श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
दोश्रो खेलमा एफसी पोटाला भेट्रान्स क्लव हेटौडाले क्लव मर्सिस भेट्रान बौद्ध काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित ग¥यो । खेलमा हेटौडाको तर्फबाट जर्सी नम्बर ८ का खेलाडी अजय माननन्धरले दुइ गोल गरे भने मर्सिस भेट्रानका जर्सी नम्बर ११ का खेलाडी अर्जुन लामाले सान्त्वना गोल गरे भने हेटौंडाका गोलकर्ता अजय मानन्धर म्यान अफ दी म्याच घोषित भए । तेश्रो खेलमा नखीपोट भेट्रान ललितपुरले आदिवासी फुटवल क्लव काठमाडौंलाई ५–० गोल अन्तरले पराजित ग¥यो । खेलमा जर्सी नम्बर १० खेलाडी राजेश लेप्चाले ह्याट्रिक तीन गोल गरे भने जर्सी नम्बर १५ का खेलाडी राजु खड्का र जर्सी नम्बर १२ का खेलाडी विजय गुरुङले एक एक गोल गरे । प्रतियोगितामा म्यान अफ दी म्याच ह्याट्रिक गर्ने खेलाडी राजेश लेप्चा म्यान अफ दी म्याच घोषित भए । 
चौथो खेलमा नाइट किङ सानो गौचरण काठमाडौं नीलो ले ए बी सी भेट्रान पोखरालाई २–१ गोल अन्तरले पराति ग¥यो । खेलमा काठमाडांै निलोको तर्फबाट जर्सी नम्बर ४ का  अरुण शाहले दुईगोल गरे भने एबीसीको तर्फबाटजर्सी नम्बर ६ का लिलाजंग गुरुङले सान्तवना गोल गरे । खेलमा काठमाण्डौ निलोका अरुण शाह म्यान अफ दी म्याच घोषित भए ।
पांचौ खेलमा निर्धारित समयमा कुनै गोल हुन नसकेपछि ट्राइबेकरमा दिप युनाइटेड पोखराले सी एफ टी हेटौडालाई ४–३ गोल अन्तरले पराजित ग¥यो । खेलमा द्वीपका खेलाडी जर्सी नम्बर एकका खेलाडी  भिम बहादुर छन्त्याल म्यान अफ दी म्याच घोषित भए । छैठांै खेलमा भाटभटेनी हेल्थ क्लव काठमाडौंले चितवन ११ लाई ५–२ गोल अन्तरले पराजित ग¥यो । खेलमा भाटभटेनीका खेलाडी जर्सी नम्बर ७ का बिनोद पुडासैनी र जर्सी नम्बर १० का उमेश लामाले दुई दुई गोल गरे भने जर्सी नम्बर ११ का खेलाडी जगतमान लामाले एक गोलल गरे । 
त्यस्तै चितवनको तर्फबाट जर्सी नम्बर ९ का खेलाडी शुकलाल तामाङ र जर्सी नम्बर १२ का खेलाडी बिजय चौधरीले एक एक गोल गरे । खेलमा भाटभटेनीका खेलाडी बिनोद पुडासैनी म्यान अफ दी म्याच घोषित भए । आइतबार सम्पन्न अन्तिम खेलमा फोर्टी फाउण्डेशन नेपाल काठमाण्डौ ले बगर भाइखलक ए लाई तीन एक गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । खेलमा फोर्टी फाउण्डेशन को तर्फबाट ओमकृष्ण श्रेष्ठले दुई गोल गरेभने बगर भाइखलकका जर्सी नम्बर ४ का हरि गुरुङको आत्मघाती गोलले फोर्टी प्लसलाई अग्रता दिन सफल भयो । बगर भाइखलकको तर्फबाट भने जर्सी नम्बर ७ का खेलाडी पप्पुले सान्तवना गोल गरे । खेलमा फोर्टी प्लसका खेलाडी ओमकृष्ण श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा सोमबार क्वार्टर फाइनल र सेमी फाइनलका खेलहरु हुने आयोजकले जनाएको छ ।


Post a Comment

 
Top