0
गंगाधर पराजुली
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत शुक्रबार विभिन्न गाउँ समिति र नगरका वडाहरुको अधिवेशन सम्पन्न भयो । केन्द्रले तय गरेको मिति माघ १५ मा गाउँ र नगरको अधिवेशन गरिएको भएपनि कतिपय ठाउँमा अधिवेशन हुन सकेन । आन्तरिक विवाद र अन्य समस्याका कारण कतिपय गाउँमा अधिवेशन हुन नसकेको बताइन्छ । कास्की जिल्लामा पनि केही गाविसमा कांग्रेस भित्रको विवादका कारण  कारण गाविसमा चुनाव हुन सकेन भने केही गाविसमा मतदानको माध्यमबाट नेतृत्व चयन गरिएको छ । यसैगरी कतिपय गाविस र नगरका वडाहरुमा सहमतिको आधारमा पनि नेतृत्व चयन भएको छ । महाधिवेशन अन्तर्गत जिल्ला समिति र क्षेत्रीय समितिमा आउन चाहनेहरुले मात्र नभइ महाधिवेशन प्रतिनिधि बन्न चाहनेहरु पनि गाउँ र नगरका वडाबाट क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने प्रावधानका कारण सबै जसो नेता कार्यकर्ताहरु आ–आफ्नो गाउँ र वडाबाट प्रतिनिधि बन्ने दौडमा छन् । कांग्रेसले संविधान सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनाएका र पार्टीको केन्द्रीय समितिमा रहेकाहरुलाई भने क्षेत्रीय प्रतिनिधि बन्न नपर्ने व्यवस्था गरेकोले कास्कीका केही नेता भने क्षेत्रीय प्रतिनिधिको चुनावमा प्रतिस्पर्धी भएनन् । 
कास्कीका कांग्रेस नेताहरु मध्ये क्षेत्र नं. ४ बाट महादेव गुरुङ, शुक्रराज शर्मा र हरिमाया गुरुङ, क्षेत्र नं. ३ बाट शोभियतबहादुर अधिकारी, वृन्दा राना, सुनयना पालिखे, क्षेत्र नं. २ बाट शारदा पौडेल, क्षेत्र नं. १ बाट यज्ञबहादुर थापा, जीवन परियार, तिलक रानाभाट लगायतकालाई क्षेत्रीय प्रतिनिधिको दौडमा सहभागी हुन परेन । 
उल्लेखित नेताहरु बाहेक विभिन्न गाउँ र नगरका वडाबाट विभिन्न पदका आकांक्षीहरु विजयी भएका छन् भने कतिपय पराजित भएका छन् । कास्की क्षेत्र नं. ४ को सभापति पदका आकांक्षी समेत रहेका नेपाल तरुण दलका केन्द्रीय सदस्य मुक्तिराम अधिकारी ढिकुरपोखरी गाविसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सकेनन् । यसैगरी तरुणदलका पूर्व जिल्ला अध्यक्ष भरतजंग कुँवर पनि सोही गाविसमा पराजित भएपछि उनीहरुको अगाडि बढ्ने बाटो बन्द हुन पुगेको छ । अधिकारी र कुँवर दुवै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा खेमाका हुन् ।

क्षेत्र नं. ४ को सभापति पदका आकांक्षी भेषराज पराजुली भने कास्कीको चापाकोट गाविसबाट निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । जिल्ला सचिवको दौडमा रहेका युवराज कुँवर पनि ढिकुरपोखरीबाट निर्वाचित भएका छन् । कास्की कांग्रेसका पुराना र त्यागी नेता खेमराज पौडेल पनि पोउमनपा २५ पुम्दीभुम्दीबाट निर्विरोध निर्वाचित भएका छन् । यसैगरी जिल्ला सभापतिमा चाहना गरेका पोषनाथ शर्मा पनि सल्यान गाउँ इकाइबाट, जिल्ला सभापतिमै चाहना गरेका कृष्ण केसी कास्कीको कालिकाबाट निर्वाचित भएका छन् ।  यसैगरी २ पटक क्षेत्रीय सभापति बनेर माथिल्लो जिम्मेवारी खोजेका आइबहादुर गुरुङ लुम्लेबाट प्रतिनिधि बनेका छन् भने क्षेत्र नं. २ को सभापतिका आकांक्षी माधव बाँस्तोला मधु र पुष्पेन्द्र पाण्डे आ–आफ्नो वडाबाट निर्वाचित भएका छन् । 
प्राप्त विवरण अनुसार शनिबार हुने कांग्रेस पोखरा उपमहानगर समितिको निर्वाचनका लागि सभापति पदमा वजिरमान श्रेष्ठ र विमलबहादुर कार्की गरि २ जनाको मात्र उम्मेदवारी परेको छ । नगरसमितिको सभापतिमा श्रेष्ठले जित्ने अनुमान धेरैले गरेका छन् तर कार्कीले पनि सहानुभूतिका मत पाउने भएकाले उनलाई पनि कमजोर मान्न नसकिने बताइन्छ । नगरसमितिको सचिवमा सरोज नारायण बराल र कोषाध्यक्षमा सुनिल कुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने आठ जना सदस्य आवश्यक पर्नेमा २२ जनाको उम्मेदवारी परेको छ । नगर सभापति र सदस्य पदका लागि शनिबार मतदान हुने कार्यक्रम छ । नगर समितिबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधि (समावेशीतर्फ) मा राधाकृष्ण गुरुङ, हमिम नासिन, चन्द्रप्रकाश थापा, जितबहादुर गुरुङ, पर्शुराम बी पोखरेल, रामलाल सुनार चयन भएका छन् ।  
यसैगरी कास्कीको चापाकोटबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनेहरुमा ठाकूर नेपाली (दलित), भीमबहादुर राना (जनजाति) , दुर्गाबहादुर घले (अल्पसंख्यक) र महिलामा गौमती थापा, ईन्दिरा लामिछाने र गीता पराजुली रहेका छन् भने खुल्लातर्फका क्षेत्रीय प्रतिनिधिमा हरि प्रसाद शर्मा, भेषराज पराजुली, अग्निधर पराजुली, गोपाल पारजुली र रामराज पराजुली रहेका छन् । चापाकोट गाउँ कार्यसमितिको सभापतिमा विष्णु प्रसाद पराजुली, उप–सभापतिमा टेकनाथ पराजुली र वेलबहादुर गुरुङ,सचिवमा सूर्यमोहन पराजुली र विमल पराजुली, कोषाध्यक्षमा राधा लामिछाने र सह–सचिवमा कृष्णमोहन पराजुली पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रेम प्रसाद पराजुलीले बताए । 
यसैगरी क्षेत्र नं. ४,पोखरा–२५, पुम्दीभुम्दीबाट क्षेत्रीय प्रतिनिधि बन्नेहरुमा खेमराज पौडेल, प्रकाश बराल, राजबहादुर गुरुङ, अशोक गुरुङ, धनन्जय बराल, कुलदेवी बराल र कमला विन्दु बराल रहेका छन् । पुम्दीभुम्दी कांग्रेसको सभापतिमा देउकाजी गुरुङ पनि निर्विरोध निर्वाचित भएका छन् । 
यसैगरी गोल्डेन न्यूज दैनिकलाइ प्राप्त जानकारी अनुसार कांग्रेसकोको घान्द्रूक गाउँ कायसमितिको सभापतिमा ललित गुरुङ, दाङसिङ गाउँ कार्यसमितिको सभापतिमा खगेन्द्र गौचन, लुम्लेको सभापतिमा केदारनाथ देवकोटा, तथा क्षेत्रीय प्रतिनिधिमा आइबहादुर गुरुङ, राजबहादुर गुरुङ, जीवनाथ देवकोटा, टीकाराम देवकोटा, होमबहादुर गुरुङ, ढाँटी गुरुङ, लक्ष्मी गुरुङ, केशवराज दुरा, चित्रबहादुर गुरुङ र भगतराम परियार निर्वाचित भएका छन् ।  यस्तै ढिकुरपोखरीको सभापतिमा मनपति भण्डारी, धम्पुसको सभापतिमा शुकबहादुर गुरुङ, पुरुन्चौरको सभापतिमा दुर्गा बाँस्तोला, घाचोकको सभापतिमा बेलबहादुर गुरुङ, माछापुच्छ«ेको सभापतिमा भीमबहादुर गुरुङ र सार्दीखोलाको सभापतिमा गञ्जमान गुरुङ निर्वाचित भएका छन् । 
यसैगरी भदौरेतामागीको सभापतिमा रामकाजी गुरुङ र क्षेत्रीय प्रतिनिधिहरुमा सिकन्दर कुमार गुरुङ, लक्ष्मी गुरुङ, पदम गुरुङ, लक्ष्मीराज पौडेल, गीता पौडेल र टेकबहादुर विक निर्वाचित भएका छन् । यस्तै ल्वाङ घलेल गाउँ कार्यसमितिको सभापतिमा सोमबहादुर गुरुङ निर्वाचित भएका छन् ।  
यसैगरी कांग्रेस पोखरा–१३ बाट पुलेन्द्रमान श्रेष्ठ, शिरोमणि बराल, नविन सिग्देल, भीमकाजी गुरुङ, दीपक गुरुङ, जमुना श्रेष्ठ र विष्णु कार्की क्षेत्रीय प्रतिनिधिमा तथा वडा समितिको सभापतिमा अर्जुन सिग्देल, सचिवमा तिलकबहादुर गुरुङ र कोषाध्यक्षमा डा. दीपक सुवेदी निर्वाचित भएका छन् । यस्तै पोखरा–१४ बाट वीरबहादुर कार्की, विष्णुकुमार दर्जी, नविन सापकोटा, बलराम कुँवर, टेकबहादुर कार्की, माया बराल क्षेत्री र सविता बराल क्षेत्रीय प्रतिनिधि तथा बोधराज बराल पुनः सभापतिमा निर्वाचित भएका छन् । यस्तै कालिका गाउँ समितिको सभापतिमा भानु ढकाल निर्वाचित भएको बताइन्छ भने पोखरा–११ मा निर्मल कर्माचार्य, सुमन पौडेल, मुकुन्द ज्वाला बाँस्तोला, राजु भट्टराई, माधव प्रसाद बाँस्तोला मधु लगायत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् भने वडा सभापतिमा मोहन प्रसाद बाँस्तोला निर्वाचित भएका छन् ।
पोखरा–१८ बाट क्षेत्रीय प्रतिनिधिमा कृष्ण बहादुर कार्की,चीरञ्जीवि बराल, डा. परमेश्वर पोखरेल, यज्ञश्वर पोखरेल, रामचन्द्र पोखरेल, लक्ष्मी पोखरेल र लक्ष्मी कार्की निर्वाचित भएका छन् भने सभापतिमा पुनः बोधराज कार्की निर्वाचित भएका छन् । 
यसैगरी पोखरा–१९ लामाचौरबाट क्षेत्रीय प्रतिनिधिमा मदनबहादुर केसी, पुष्पेन्द्र पाण्डे, बाबुराम आचार्य, रमेश थापा, लक्ष्मी पाण्डे, कमला बस्नेत र सभापतिमा महेश्वर पौडेल निर्वाचित भएका छन् । यस्तै पोखरा–२१ काहुँबाट क्षेत्रीय प्रतिनिधिमा हरि आचार्य, राजाराम घिमिरे, दीपक आचार्य, दीपक बाँस्तोला, जंगबहादुर हमाल र सभापतिमा बोधराज घिमिरे निर्वाचित भएका छन् । यस्तै पोखरा–१, बगरबाट क्षेत्रीय प्रतिनिधिमा राजेन्द्ररमण पराजुली, गोविन्द नेपाली, मिना पाण्डे, अमृत श्रेष्ठ, गंगाबहादुर गुरुङ, सीता गुरुङ, मुक्ति भण्डारी र सभापतिमा टंकनाथ पौडेल निर्वाचित भएका छन् । यसैगरी पोखरा–२०, भलामबाट क्षेत्रीय प्रतिनिधिमा क्या. गंगाबहादुर खत्री, विश्वराज पौडेल, बल्लभ केसी, केदार बस्नेत, महेन्द्र अधिकारी, सीता थापा, पवित्रा पौडेल निर्वाचित भएका छन्।


पोखरा उपमहानगरपालिकाका कतिपय वडाबाट भने क्षेत्रीय प्रतिनिधिमा सहमति हुन नसकेपछि शनिबार मतदान हुँदैछ । पोखरा–५ को कार्यसमिति सभापतिमा फणिन्द्रराज पराजुली, सचिवमा नारायण अधिकारी र कोषाध्यक्षमा कुलबहादुर विक निर्विरोध भएपनि क्षेत्रीय प्रतिनिधिका लागि भरतराज पौडेल, पुरुषोत्तम पराजुली, दीपक कोइराला, प्रमोद कोइराला, दुर्गाबहादुर सुनार, गोविन्द लामिछाने, जयप्रकाश थापा, शितल घिमिरे, गंगा केसी, विजयालक्ष्मी कोइराला, डिलमाया कोइराला र लक्ष्मी कार्की लगायतको उम्मेदवारी परेको छ । यसैगरी पोखरा–१५को सभापति मा पुनः टोपबहादुर थापा निर्वाचित भएका छन् । तर क्षेत्रीय प्रतिनिधिहरुमा सुशिलराज पराजुली, ऋषि काप्mले, पुष्पराज पराजुली, वर्षाकेशव पराजुली, भेषराज गौतम, कृष्णबहादुर कुँवर, डम्वर बहादुर बानियाँ, खेमबहादुर गुरुङ, प्रेमलाल पुन र मिनबहादुर गिरीका साथै अम्विका पराजुली, विष्णुदेवी आचार्य, खेमकुमारी बराल र गीता भण्डारीको उम्मेदवारी परेकोले शनिबार मतदान हुँदैछ । 
यस्तै पोखरा–६ मा गोविन्द बहादुर पहारी, दीपकवीर कुँवर, देवबहादुर कुँवर, देवीराम छिन्दाल, नीलकण्ठ शर्मा, नेत्रपाणि न्यौपाने, राजुराज अधिकारी, रामजी कुँवर, लक्ष्मण पहारी र लक्ष्मीबहादुर भट्टराईको उम्मेदवारी क्षेत्रीय प्रतिनिधिमा परेकोले शनिबार नै मतदान हुने बताइन्छ । यसैगरी लेखनाथ नगरपालिका वडा नं. ४ को सभापतिमा निर्मला ढुंगाना निविरोध चयन भएकी छन् । कार्य समितिको उप–सभापतिमा धुव बि.क., सचिवमा विष्णु अधिकारी,  मनोनित सचिवमा इश्वर भण्डारी कोषाध्क्षमा सूर्यनाथ ढुगाना र  सदस्यहरुमा देविमाया ढुंगाना, पार्वती न्यौपाने, सीता ढुंगाना, खेमराज बराल, तिल कुमारी वि क र रामकृष्ण विक रहेका छन् ।  भेलाले मनबहादुर रानाभाट, दुर्गा अधिकारी, सूर्य बस्ताकोटी, मधुमाया अधिकारीलाई मनोनित गरेको छ । यसैगरि क्षेत्रीय प्रतिनिधिमा सुदिप मोहन भट्टराई, वेनिमाधव अधिकारी, सीता ढुंगाना, सुशिला बराल र सजना आचार्य चयन गरेका छन् ।
यसैबीच कास्कीको कालिका गाउँ ईकाई समितिकोे चुनावमा धाँधली भएको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका कृष्ण के.सीले आफू पक्षका प्रतिनिधिहरुलाई क्षेत्र तथा जिल्लामा पठाउन धाँधली गरेको बताइन्छ । उनले आफ्ना छोरा सरोज के.सी र आफू पक्षिय विश्वरमण अधिकारी बाहेक होमनाथ पौडेल, सुरेन्द्र अधिकारी र दुर्गा प्रसाद पौडेलका बीचमा मात्र चुनाव गराएर क्षेत्रीय प्रतिनिधि चयन गरेको आरोप लागेको छ । नेपाली काग्रेस कालिका गाँउ ईकाई समितिको निर्वाचनमा भएको  धाँधलीलाई लिएर विभिन्न प्रमाण सहित कालिका गाउँ ईकाई समितिको निर्वाचन पुनः गराउन कांग्रेस जिल्ला निर्वाचन अधिकृतलाई निवेदन दिने तयारी गरिएको बताइन्छ । 

Post a Comment

 
Top