0
गोल्डेन न्यूज संवाददाता
धादिङ–पोखरा सम्पर्क समितिको १७औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भयो । कार्यक्तमको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत झकराम अधिकारीले पोखरामा धादिङवासीले छुट्टै पहिचान बनाउन सफल भएकोमा खुशी लागेको बताए । उनले पोखरामा ४ लाख बढी जनसंख्या रहेकोमा अधिकाशं पोखरा बाहिरबाटै आउने रहेको जानकारी गराउँदै त्यसमा पनि सबैभन्दा धेरै धादिङवासी रहेको आफूले पाएको उनले स्पष्ट पारे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले धादिङ समितिले जग्गाको आवश्यकता औंल्याएकोले त्यसका लागि आफू र नगरपालिकाको ध्यानाकर्षण भएको र सहयोग गर्न तयार रहेको स्पष्ट पारे । अन्तरसमाज महासंघ राष्ट्रिय समितिका महासचिव भानुभक्त भण्डारी ‘क्षितिज’ ले धादिङ पोखरा सम्पर्क समिति पोखरामा रहेका सबै समितिहरुको अभिभावक संस्था भएको बताए । 

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, सल्लाहकार परिषद संयोजक रुद्र खनाल, निवर्तमान अध्यक्ष बलराम खतिवडा, कार्यक्रम संयोजक शम्भु अधिकारी, सल्लाहकार हरि पन्त, सचिव सुदर्शन बसौला, कोषाध्यक्ष लालप्रसाद पाठक लगायतले समितिको गतिविधि माथि प्रकाश पारेका थिए । उक्त अवसरमा समितिको विभिन्न गतिविधिमा संयोजक भएर काम गरेकाहरुलाई सम्मान गरिएको थियो । साधारण सभाले सचिव, कोषाध्यक्षको प्रतिवेदन र संशोधित नयाँ विधान समेत पारित गरेको छ ।



Post a Comment

 
Top