0
गोल्डेन न्यूज संवाददाता
संविधानको अन्तरवस्तु र तमुवानका बारेमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संविधान सूचना केन्द्र गण्डकीका संयोजक, तमु धिं नेपालका सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङ र तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशका संयोजक तथा तमु धिं नेपालका प्रचार संयोजक अधिवक्ता हुमबहादुर गुरुङले नेपालको संविधानमा तमु लगायत आदिवासी जनजाति र तमुवान वारेमा प्रस्तुति गरेकी थिइन । अधिवक्ता जुनाकुमारी गुरुङले कानुन किन जान्नुपर्दछ, नेपालको संविधानमा आदिवासी जनजातिका अधिकार के के छन्, तमु लगायत आदिवासी जनजातिले उठाउदै आएको अधिकारहरु किन समावेश हुन सकेन, अन्तरिम संविधानमा उल्लेख भएका अधिकार के के कटौती गरिएको छ भन्ने बारेमा जानकारी गराउनुहुदै अधिकार स्थापित गर्नका लागि सचेत, एकतावद्ध र आन्दोलित हुन जोड दिइन ।
तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुृरुङ तमुवानको आन्दोलन, यसले उठाएको मुद्धा, जारी गरिएको संविधान किन प्रतिगामी एवं पहिचान विरोधी छ भन्ने बारेमा बुँदागत व्याख्या गरेका थिए । 
सोंपाल तमु समाजका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा पोखराका पूर्व उपमेयर क्याप्टेन मानबहादुर गुरुङ, बगालेटोल तमु समाजका अध्यक्ष दिलबहादुर गुरुङ, सोंपाल तमु समाजका उपाध्यक्ष तथा बौद्ध अर्घौ सदनका उपाध्यक्ष मोतीप्रसाद गुरुङ, समाजका सल्लाहकार प्रेमबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, लेप्टेनेण्ट थमबहादुर गुरुङ, क्याप्टेन शिव गुरुङ, लेप्टेनेण्ट दिलबहादुर गुरुङ लगायतले जिज्ञासा राख्दै संविधानमा सबैको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।











Post a Comment

 
Top