0
गोल्डेन न्यूज संवाददाता
बालबालिकालाई बालमैत्री समाज स्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले ३ दिने बाल मैत्री स्थानीय शासन र बाल क्लव परिचालन सम्वन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । जिल्ला बालमञ्च कास्कीको आयोजना, जिल्ला बालकल्याण समितिको संयोजन र युनिसेफ नेपालको आर्थिक सहयोगमा जिल्ला बालमञ्च, कास्की, पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा .गठित नगर स्तरीय बालमञ्चका सदस्यहरुलाई तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी एवं स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले बालबालिकाको समाज निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउँदै बालमैत्री समाज निर्माणमा बालक्लवले सहयोग पु¥याउन अनुरोध गरे। जिल्ला विकास समिति बालबालिकाको सवालमा अत्यन्त संवेदनशिल रहेको हँुदा बालमञ्चले ल्याएका योजनामा आफूँले सधै सहयोग गर्ने तिवारीले बताए । जिल्ला बालमञ्च कास्कीका अध्यक्ष दिपक वि.क.को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन सहसचिव आरती बराल र स्वागत मन्तव्य अन्जु दाहालले गरे । कार्यक्रमको सहजीकरण जिल्ला बालकल्याण समिति कास्कीका बाल अधिकार अधिकृत बद्रीप्रसाद वाग्ले, गैर सरकारी संस्था महासंघका क्षेत्रीय संयोजक केशव पौडेल र जिल्ला बालकल्याण समिति, कास्कीका सदस्य कुन्जनी परियार प्यासीले गरेका थिए । तालिममा २५ जना बालबालिकाको सहभागिता रहेको छ ।





Post a Comment

 
Top