0
गोल्डेन न्यूज संवाददाता
 पोखरा नगर क्षेत्रमा रहेको एउटा सपिङ सेन्टरभित्र छिरेको चितुवा झण्डै १२ घण्टापछि बाहिर निस्किएको छ । पोखरा उप–महानगरपालिका १ बगरस्थित बिन्ध्यवासिनी स्टोर्समा शुक्रवार दिउसो साढे दुई बजे पसेको चितुवा गएराति २ बजे बाहिर निस्किएको हो । शुक्रवार दिनभर नियन्त्रणमा लिन नसकिएपछि सटर बन्द गरेर राखिएकोमा राति पसलको सबैतिरको सटर खुल्ला गरेर छोडेपछि दुई बजे बाहिर निस्किएर गएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले जानकारी दिए । चितुवा भित्र पसेको थाहा पाएपछि गएका एक जना वन रक्षक आक्रमणबाट घाईते भएका छन् । उनको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । पसल भित्र छिरेको चितुवा खोज्ने क्रममा वन रक्षक विनोद थापा घाईते भएका हुन् । चितुवालाई नियन्त्रणमा लिनको लागि विशेषज्ञ टोली बोलाईएको भएपनि राति खुल्ला छोडेपछि आफै निस्केर गएको हो । पसलको सबै सटर खुल्ला गरी प्रहरी टोली ड्युटीमा खटिएका थिए ।

Post a Comment

 
Top