0
पोखराको अमरसिंह चौर सबैतिरबाट बीच भागमा पर्छ । पृथ्वीराजमार्ग पनि यसै चौर नजिकै पर्छ । पोखरामै संचालन भइरहेको  महापर्व आहारारा गोल्डकप । शनिबार अनि यो पर्वकै बीचमा पनि दर्शकको उल्लाषमय सहभागिता । नाकावन्दी र मधेश आन्दोलनले आक्रान्त, निराश मनलाई केही शान्त बनाउने सर्वसाधारणको प्रयास । माथिका यी वर्णन छैटौं पोखरा महोत्सवको हो । अमरसिंह चोकमा जारी महोत्सवमा सहभागी हुन आउने दर्शकका कारण महोत्सवको गेट वरपर ट्राफिक जाम नै भयो । शनिवारको दिन रहेकाले महोत्सवमा पोखरा मात्र नभइ छिमेकी जिल्लाका मानिसहरुको समेत सहभागिता रहेकाले दर्शकको ओइरो लागेको हो ।
दर्शकहरुको ओइरो लागेपछि आयोजकले बाहिर निस्कने गेटबाट समेत दर्शकहरुलाई भित्र्याउन बाध्य भएका थिए । महोत्सव स्थल भित्र दर्शकहरुको घुइँचोनै लागेको थियो । ४० हजार दर्शकहरुले शनिवार महोत्सवमा सहभागिता जनाएको महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । महोत्सवमा २ करोड ५० लाख रुपैयाँको कारोवार भएको छ । 
महोत्सवमा लोकदोहोरी कलाकार कोमल वलीले दर्शहरुलाई लोकदोहोरी मार्फत भरपुर मनोरन्जन प्रदान गरेकी थिइन । महोत्सवको अन्तिम दिन आइतबार साँझ पप कन्सर्ट तर्फ सुगम पोख्रेल र लोक दोहोरी तर्फ चोलेन्द्र पौडेल, जीवन दाहाल, रमा राना मगरको रहने कलाकार ब्यवस्थापन संयोजक लोकबहादुर थापाले जानकारी थिए । महोत्सव आज आइतबार समापन हुने बताइन्छ । 
स्रोत ः गीता राना मगर

Post a Comment

 
Top