0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीले क्षेत्र नं १ बाट सङ्गठन बिस्तार अभियान शुरु गरेको छ। त्यसक्षेत्रमा थुमाकोडाडाँ गाविसबाट सङगठन बिस्तार अभियान शुरु गरिएको राप्रपा नेपाल क्षेत्र नं १ कास्की का सदस्य नारायण गुरुङले जानकारी दिए। उनले क्षेत्रीय अध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा माघ मसान्तसम्म सङ्गठन विस्तार अभियान अघि बढाउने जानकारी दिए। थुमाकोडाडाँमा सम्पन्न भेलाले बेलबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय गाउँ इकाई समिति पनि गठन गरेको छ। समितिको उपाध्यक्षमा हस्तबहादुर गुरुङ, सचिवमा राज गुरुङ, कोषाध्यक्षमा विवेक गुरुङ, सदस्यमा धनसुब्बा गुरुङ, नारायण गुरुङ, चन्द्रा गुरुङ, अर्जुन गुरुङ, सविना गुरुङ, भिमबहादुर वि.क, समिक्षा वि.क, लक्ष्मी वि.क र दुर्गाजङग गुरुङ छन्। भेलामा बोल्दै राप्रपा नेपालका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले मुलुकका लागि संवैधानिक राजतन्त्र र हिन्दु धर्म आवश्यक भएको बताए। राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनका केन्द्रीय पूर्व उपसभापति एवं राप्रपाका क्षेत्रीय सदस्य नारायण गुरुङले राप्रपा नेपाललाई मुलुकको पहिलो पार्टी बनाउने गरी सङगठन विस्तारमा जुट्नुपर्ने आवश्यकता औल्याए।




Post a Comment

 
Top