0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १२ मा रहेको सितलादेवी सामुदायिक प्रस्तावित उच्च माविको ५१औं वार्षिकोत्सव एवं अभिभावक भेला शुक्रबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय उप–प्रशासक दिवाकर बाँस्तोलाले सितलादेवी उमाविले नैतिकवान, राष्ट्रप्रति समर्पित र राष्ट्रप्रेमी नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सज्जनको धर्म समाजमा राम्रो व्यवहार गर्नु, आगोको धर्म पोल्नु भएजस्तै विद्यालयको धर्म नैतिकवान, राष्ट्रप्रति समर्पित र राष्ट्रप्रेमी नागरिक उत्पादन गर्नु भएको बताए । उनले भने–‘धर्म छाडेर अघि बढ्ने हो भने समाजको विकास कहिल्नै हुन सक्दैन । त्यसैले विद्यालयले पनि आफ्नो धर्म छोड्नु हुँदैन । कार्यक्रममा प्रमुख अतिथि बाँस्तोलाले व्यक्तिगत रुपमा विभिन्न विधामा उत्कृष्ट १० जना विद्यार्थीहरुलाई जनही एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरे । उनले उक्त पुरस्कार प्रदान गर्ने घोषणा गत वर्ष विद्यालयको स्वर्णमहोत्सव को अवसरमा गरेका थिए । सम्मानित हुने विद्यार्थीहरुमा वन्दना मैनाली, विवेक लामिछाने, कृतिका कार्की, ऐश्वर्या कार्की, स्नेहा नेपाली, दीपिका राजभण्डारी, केदार सुवेदी, कपिल राई, श्रीकृष्ण श्रेष्ठ र कृष्ण लामिछाने रहेका छन् । यसैगरी विद्यालयका विभिन्न विषय शिक्षकहरुले आफ्नो विषयमा एसएलसी परीक्षामा ९० भन्दा बढी अंक हासिल गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार सहित सम्मान गरेका थिए । 

यसैगरी विद्यालयमा स्थापित विभिन्न ७ वटा अक्षयकोषबाट ११ जना विद्यार्थीलाई समेत वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा पंफा रानामगर, अजय बराल, विवेश लामिछाने, स्नेहा राना, सन्ध्या भण्डारी, अर्चना सापकोटा, ध्रुव चापाईं, गोकुल भुषाल, स्वस्तिका पोखरेल, सुस्मिता तिमिल्सिना र सुस्मिता कार्की रहेका छन् ।  कार्यक्रममा शिक्षक दीपेन्द्र पौडेल र शिक्षिका रत्ना विश्वकर्मालाई समेत सम्मान गरिएको थियो ।  उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बाँस्तोलाले सम्मान गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक योजना तर्जुमा समितिका सदस्य मोहनचन्द राजन, विद्यालय व्यवस्थापन समितिका सदस्य ऋषवदेव बाँस्तोला, शैक्षिक प्रिन्सिपल तोलाकान्त न्यौपाने,  लगायतले आ–आफ्नो भनाइ राखेका थिए भने विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले विद्यालयको शैक्षिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिकोत्सव विद्यार्थीहरुले संस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । यसैबीच वार्षिकोत्सवको अवसरमा बिहीबार पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक तथा खेलकूद विधामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार प्रदान गरिएको हो । अभिभावक संघका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतमा भएको कार्यक्रममा शैक्षिक योजना तर्जुमा समितिका संयोजक प्रा. टीकाराम कोइराला प्रमुख अतिथि रहेका थिए । यसैगरी अन्तरविद्यालय स्तरीय सम्पन्न ‘उर्जा संकट र समाधान’ विषयक वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भयो । १७ विद्यालय सहभागी प्रतियोगितामा ग्लोवल कलिजियट उमाविकी रोजिना आचार्य प्रथम, अमरसिंह उच्च माविका सौगात वाग्ले द्वितीय र शान्ति उच्च मावि भकुण्डेका सरोज बराल तृतीय भएका छन् । कार्यक्रममा निर्णायकमा विद्यालयका शिक्षक–शिक्षकाहरु बोधराज गौतम, रामचन्द्र अधिकारी, शर्मिला पोखरेल रहेका थिए ।   प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको विद्यालयकी शिक्षिका टीकादेवी बरालले गोल्डेन न्यूज दैनिकलाई बताइन । विद्यालयका प्रअ बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मोहनचन्द्र राजन रहेका थिए भने कार्यक्रम संचालन शिक्षिका सावित्री पौडेल बरालले गरैकी थिइन ।

Post a Comment

 
Top