0
गोल्डेन न्यूज संवाददाता
नर्सिङ क्षेत्रको बेरोजगार नर्सिङ संघको सरोकार भन्ने नाराका साथ ५४औं राष्ट्रिय नर्सिङ दिवस शुक्रबार मुलुकभर बिबिध कार्यक्रम गरी मनाईएको छ । यसै अवसरमा पद्म नर्सिङ होम प्रा लीमा कार्यरत नर्सहरुले सिनियर नर्सहरुलाई सम्मान गरेका छन । ५४औं राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर पद्म नर्सिङ होममा आयोजित एक कार्यक्रमका बिच संस्थामा कार्यरत सिनियर नर्सहरु गङ्गा थापा, खड्ग कुमारी श्रीस, लक्ष्मी कुँवर, राधा गुरुङ र रजनी पालिखेलाई सम्मान गरिएको हो । सम्मानित नर्सहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मुटुरोग बिशेषज्ञ डा.नारायण गौतमले दोसल्ला आढाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै  गौतमले नर्स बिरामीको लागि आमा भएकोले नर्सको मायालु सेवा बिना बिरामीको रोग निको हुन नसक्ने बताए । बिरामीको उपचारमा डाक्टरहरुको भन्दा पनि नर्सहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आमाले आफ्ना सन्तानलाई माया दिएर हुर्काए जस्तै नर्सहरुले बिरामीलाई मायालु सेवा संगै हेरचाह गरेर निको बनाउन सक्नेमा जोड दिए । सम्मानित ब्यक्तित्व नर्सिङ होमका मेट्रोन रजनी पलिखेले आफूहरु भन्दा सिनियरको सम्मान गर्ने परिपाटीको विकास गरेर नर्सहरुले राम्रो कामको सुरुवात गरेको बताइन। कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नुर्सिङ होमका सचिव कृष्ण आचार्यले नर्सहरुको सकरात्मक व्यवाहारबाट नै बिरामीमा रोगसंग लड्न सक्ने क्षमताको विकास हुने भएकोले नर्सहरुले बिरामीलाई मायालु व्यवहार संगै सेवा दिनु पर्ने बताए । मिना कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शोभा अधिकारीले स्वागत र कार्यक्रमको संञ्चालन अञ्जना थापाले गरेकी थिईन ।






Post a Comment

 
Top