0
गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक बीच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । मर्जर सम्बन्धी समझदारी पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सञ्चालक हेमन्त ज्ञवाली र युनिभर्सल डेभलपमेन्ट बैंकका तर्फबाट  सञ्चालक दिनेश शंकर पालिखेले हस्ताक्षर गरेका थिए । मर्जर पश्चात् सिद्धार्थ बैंक लिमिटेडको नाम बाट  संयुक्त कारोवार हुनेछ । समझदारी अनुसार मर्जरपछि बन्ने संस्थाको कुल पुँजी रु ३ अर्ब ४९ करोड पुग्ने बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोहर के.सीले बताए । मर्जर सम्बन्धी सम्पूर्ण कार्य २०७३ साल वैशाख मसान्तसम्म सक्ने बैंकको लक्ष्य रहेको छ । यसका साथै मर्जर प्रयोजनका लागि दुवै संस्थाको शेयर कारोबार पौष २३ गते देखि नै रोक्का गरिएको छ । चालु आर्थिक वर्ष २०७२÷७३ को आश्विन मसान्तसम्ममा सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको संयुक्त रुपमा  रु. ३६ करोड ५२ लाख सञ्चालन मुनाफा (नोक्सानी ब्यवस्था अघिको)  रु. ५१ अर्ब ७० करोड  कुल निक्षेप र रु.४३ अर्ब ७० करोड कर्जा रहेको छ । मर्जर पश्चात् बैंकले  नेपालभर ६५ शाखा, ७२ एटीएम र ६४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने बताइएको छ । केही समय अघि बजिनेश युनिभर्सल डेभलपमेन्ट बैंक र पोखरामा फेवा विकास बैंकबीच मर्ज हुने सम्झौता भएको भएपनि फेवामा विवादका कारण मर्जर प्रक्रिया स्थगित भएको थियो ।











Post a Comment

 
Top