0
(गोल्डेन)
एशियन फोरमद्वारा कार्यान्वयन गरी आएको जेएमडिआई होस्ट परियोजनाले कालावाङ्ग घरेडीका होमस्टे सञ्चालकहरुलाई होमस्टेका लागि आवश्यक सामानहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । होमस्टे सञ्चालनका लागि आधारभूत पूर्वाधार, शौचालय, वाथरुमका निर्माणका लागि सामाग्रीहरु लगायत सुत्ने कोठा, किचनका सर–सामानहरु वितरण गरिएका थिए । यसका साथै थप सहयोग स्वरुप २ वर्षको अवधिका लागि विना ब्याज रु १२ लाख प्रदान गरिएको बताए । भर्खर मात्र दोस्रो अनुगमन भ्रमण गराई आवश्यक तालिमहरु १ वर्षको अवधिमा दिइसकेको र अव प।ियोजना समापन हुन लागेको कार्यक्रम संयोजक प्रकाश विश्वकर्माले बताए । जेएमडिआई फोकल पोइन्ट मोहेन्दु चेम्जोङ्गले जेएमडिआईद्वारा प्रदान गरिएको सबै सहयोगको पूर्ण लाभ लिई गाउँ विकासमा अग्रसर हुन आग्रह गरे । युएनडीपीको नेतृत्व तथा आईओएम, आइटिसी आएलओ, युएनवुमेन, युएनएचसिएर, युएनएफपिए तथा युनिटारको साझेदारीमा ग्रामिण पर्यटनले आप्रवासन कम गरी गाउँलाई स्वावलम्वी बनाउने, दिगो विकास गर्ने र स्थानीय संस्कृतिलाई होमस्टे मार्फत प्रर्वद्धन गर्न युरोपियन युनियन र स्वीस सरकार विकास सहयोगको आर्थिक सहयोगमा जेएमडिआई होस्ट परियोजनाको  कार्यान्वयन एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) ले कार्यान्वयन गरिआएको छ ।

Post a Comment

 
Top