0
गोल्डेन न्यूज संवाददाता
पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार पोखरामा सम्पन्न भयो । साधारण सभाले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर (लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयर सहित बैंकको चुक्ता पूँजी रु. ८५ करोड ३२ लाख पुगेको छ । बैंकको साधारण सभाबाट अधिकृत पूँजी वृद्धि गरी ३ अर्व पु¥याएको छ भने मर्जर तथा एक्विजिसन सम्बन्धि प्रक्रिया अगाडि बढाउन साधारण सभाले संचलक समितिलाई अख्तियारी प्रत्यायोजन समेत गरेको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । साधारण सभाले बैंकको संस्थापक शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकमा दिलिपप्रताप खाण, चन्द्रकान्त बराल, श्यामप्रसाद बस्याल र हरिकुमार श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकमा संजिव ढकाल, केशवराज ढकाल र बिमल पाण्डेलाई सर्वसम्मतिबाट निर्वाचित गरेको छ । साधारण सभापश्चात सोही दिन बसेको नवनिर्वाचित संचालक समितिको वैठकले दिलिपप्रताप खाणलाई अध्यक्षमा निर्वाचित गरेको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

Post a Comment

 
Top