0
गोल्डेन न्यूज संवाददाता
नेपालको प्राकृतिक एवं पर्यटकीय नगरी पोखराकै एक सांस्कृतिक सम्पदाको रुपमा रहेको पोखराको बाह्र भैरब नृत्य भैरबटोल स्थित गणेश मन्दिरको प्राङ्गणमा प्रदर्शन गरिएको छ । विशेष आकर्षणमा ८१ वर्षिय वृद्धाले पनि नृत्य प्रदर्शनमा सहभागीता जनाउने भएका छन् । 
नृत्यको प्रदर्शन भीमसेनटोलमा रहेको भीमसेन मन्दिरमा नाट्यश्वरको रुपमा रहेको भीमसेनको पूजा गरी गत माघ ७ गते विहिवार देखि विधिवत प्रदर्शन शुरु भएको हो । ६÷६ वर्षको अन्तरालमा देखाइने यस नाच २०६७ सालमा प्रदर्शन गरिएको थियो । यस्तै भोलि मंगलबार तेर्सापट्टीमा बाह्र भैरब नृत्य प्रद्यर्शन गरिने प्रचारप्रसार समिति सदस्य उदयबहादुर अमात्यले जानकारी दिए । यस नाच पं्रदर्शन गरिने वर्षमा सामान्यतया कार्तिक वा मंसिर महिनाबाट प्रदर्शन शुरु हुने भएता पनि यस वर्ष केहि ढिलो गरी प्रदर्शन शुरु भएको हो । भैरब सांस्कृतिक संरक्षण समितिका मूल गुरु एवं प्रमुख सल्लाहकार सर्वज्ञमान प्रधानाङ्ग स्वर्गारोहणको पहिलो वार्षिक श्राद्ध पुरा नभइ देखाउन नमिल्ने हुनाले केहि समय ढिलो हुन गएको जानकारी हालका प्रमुख गुरु कृष्णबहादुर वैद्यले जानकारी दिए ।
यस नाच यस वर्ष प्रथम पदक भीमसेन मन्दिरको प्राङ्गणमा प्रदर्शन पछि दोश्रो दिन गणेशटोलको गणेश मन्दिरमा प्रदर्शन गरियो भने विभिन्न ठाउँ र मन्दिरमा देखाए पछि मूल गुरु कृष्णबहादुर वैद्यको घर अगाडि प्रदर्शन हुने प्रचारप्रसार संयोजक अष्टमान प्रधानाङ्गले जानकारी दिए । त्यस पछि भैरब नृत्यको प्रदर्शन कुनै ब्यक्ति वा संघ संस्थाले माग भएबमोजिम ब्यक्तिगतरुपले वा सामुदायिक रुपले पोखराको विभिन्न ठाउँमा प्रदर्शन हुँदै जाने उनले बताए। 
नाचलाई विशेष गरी नेवार समूदायले करिब अढाइ सय वर्ष पहिले देखि नै संरक्षण गर्दै आएको छ भने २०२९ सालदेखि यस नाचको संरक्षण एवं संवद्र्धन गनै भैरब सांस्कृतिक संरक्षण समिति स्थापना गर्ने प्रयास भएको थियो । २०३२ सालदेखि यो नाच पूर्णत सांगठनिक ढाचामा अगाडि बढिरहेको छ । नाच सम्पन्न गर्न विभिन्न समिति समेतको गठन गरिएको छ । नाच प्रदर्शन सामन्यतया बेलुकीबाट शुरु भएर मध्य रात सम्म देखाइंदा वरि परिका बासिन्दाहरु ठूलो जमघट हुने गरेको छ ।



Post a Comment

 
Top